पछिल्ला महिनामा पूँजीगत खर्चमा सुधार

पछिल्ला महिनामा पूँजीगत खर्चमा सुधार आएको अर्थ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म ११ प्रतिशत मात्रै पूँजीगत खर्च भएकोमा पछिल्लो साढे दुई महिनामा बढेर २३ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।
अर्थसचिव शान्तराज सुवेदीले मन्त्रालयको निरन्तर अनुगमन र ठुला मन्त्रालयले व्यहोरेको समस्या समाधान भएपछि पूँजीगत खर्च बढेको बताए ।
पुस मसान्तसम्म ३५ अर्ब मात्रै पूँजीगत खर्च भएकोमा चैत्र १२ सम्म बढेर ७१ अर्ब रुपैयाँ पुगेको सचिव सुवेदीले बताए । पछिल्ला समय ठुला बजेट भएका मन्त्रालयको कार्यप्रगतिमा सुधार आएको उनले बताए ।
सिंचाई, भौतिक पूर्वाधार, शहरी विकास, उर्जालगायतका मन्त्रालयले विकास आयोजनालाई अगाडि बढाउँदा पूँजीगत खर्चमा बृद्धि आएको हो ।
पूँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गर्दै परेको समस्या समाधानमा चासो देखाउँदै आएको जनाएको छ । इमेजखबरमा समाचार छ ।