नेपाली समाज चिलीको प्रथम अधिवेशन एकिकेमा सम्पन्न

डिल्लीराज घिमिरे
एकिके चिली । दक्षिण अमेरिका महादेश अन्तर्गत रहेको चिली देशमा रहने सम्पुर्ण नेपालीको साँझा संगठन नेपाली समाज चिलीको प्रथम अधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट अध्यक्षमा कृष्ण थापा र महासचिव डिल्लीराज घिमिरे सहित १३ सदस्यीय केन्द्रीय समिती सर्व सम्मत चयन गरेको छ ।
चिलि बिश्वकै शक्तिसाली सँस्था APEC र G20 को सक्रिय सदस्य हो। आर्थिक उदारीकरणमा बिश्वमै सातौँ स्थानमा छ । यसको प्रतिब्यक्ती आय करीब १६००० डलर तथा GDP बृद्धिदर ७ प्रतिशतको हाराहारी छ । चिलिको चार दशक अगाडिको अबस्था र हाम्रो देशको अबस्था करिब उस्तै छ । बिश्ब ब्पापार सँगठनको सदस्यको हैसियतले चिलिले बिभिन्न देशसँग शुन्य भन्सार दरका लागी दुई पक्षिय सम्झाैताहरु समेत गरेको छ । जस्तो चिनमा उत्पादनहुने कुनै पनि सामानमा चिलिमा ६ प्रतिशत भन्सारदर छुट हुन्छ । यस्तो सम्झौता भारत,सिगापुर,ईन्डोनेशिया जस्ता देशसँग गर्ने प्रक्रियामा छ ।
चिलिमा ब्यक्तिगत सम्पर्कका आधारमा केहि साथिहरु सन २००० को समयमै आएको देखिएता पनि बिभिन्न कारण बस तथा परिस्थीतीको अबस्थाले गर्दा सम्पर्क नआएताको भएता पनि सन् २००७ पछि मात्र यहाँ आउने क्रम उल्खेनियरुपमा बढेको पाईन्छ।
विविध उद्देश्य लिएर दक्षिण अमेरिकी चिलीमा पुगेका सम्पुर्ण नेपालीहरु साँगठानिक रुपमा एकहुने कुनै ठोस आधार नभएको अवस्थामा सन २०१२ को अन्त्यतिर चिलीको उत्तरी शहर एकिकेमा रहने युवाहरु नेपालीहरु मिलेर चिलीभर रहने सवै नेपालीहरुको एउटा साझा सस्था बनाउन अति आबश्यक महसुस गरी एकिकेवाट नै सस्था स्थापनाको चर्चा शुरु भएको थियो । तत्कालिन समयमा चिलीभर रहने नेपालीको सङ्ख्या अनुमानित झन्दै ८० जना र एकिकेमा मात्र २५ जना रहेको समयमा नेपाली समाजको गोलवद्धको लागी एक संस्थाको अपरिहार्यता आबश्यकताबारे एकिके वन्दरगाहा निकट रहेको तिकनामार टावरमा औपचारिक बहस भएको थियो । अन्तराष्ट्रीय स्तरमा रहेका नेपाली समाजहरुले परम्परागत चाडपर्बहरु सबै मिलेर मनाउने र नेपालीलाई समस्या परेको अवस्थामा सामुहिक रुपमा एकअर्कोलाई सहयोग गरेको प्रतक्ष्य उदाहरण दिदै संस्था स्थापना गर्नैपर्नेमा जोड़ दिएका थिए । तत्कालिन समयमा अन्याय र असमनताको बिरुद्ध नेपाल हुँदै बिश्वभर संजाल फैलाइ सकेको सामाजिक सस्था  पिएसएम नेपालका ब्युरो सदस्य अमरदास पुन:ले मार्फ़त प्रक्रिया अगाडी वढाउने काम भएको हो । यस विषयमा डिल्लीराज घिमिरे कृष्ण थापा,लुद्र बुढा लगायतसँगको सामुहिक छलफलबाट तदर्थ समिति बनाउन पहल शुरुगर्ने प्रारंभिक अवधारणा आएको हो ।
ईस्वी सन ६ नोभेम्बर २०१३ मा डिल्लीराज घिमिरे , अमर पुन , कृष्ण थापा र प्रकाश भट्टको अन्तिम तयारी वैठक वसि संस्था स्थापनार्थ पहिलो भेलामा सवै नेपालीलाई आह्वानमा पत्र लेख्ने निर्णय स्वरुप सस्थाको आवस्यकता र समिती गठन सम्वन्धमा १० नोभेम्बर २०१३ मा एकिकिको पलाया बेजाभिस्तामा उपस्थितिको लागि सम्पुर्ण नेपालीलाई पत्र काटिएको थियो । अमर पुन र  डिल्लीराज घिमिरेको साँझा प्रस्तावमा प्रकाश भट्ट,कृष्ण थापा,लुद्र बुढा,सुदीप ढकालको समर्थनमा सन २०१३ नोभेम्बर १० मा कृष्ण थापाको अध्यक्षतामा शान्तियागो वस्ने  नेपालीलाई समेतलाई समेटेर १५ सदस्य  केन्द्रिय तदर्थ समिति गठन गरिएको थियो ।