अर्घाखाँची सेवा समाज कतारले नयाँ बर्ष २०७४ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

टेक राज थापा कतार
कतार ।  अर्घाखाँचीबासी एक हौ नेपाली समाजको लागि केहि गरौ भन्ने नारा साथ सेवा समाज कतारको एघारौं मासिक बैठक १० मार्च २०१७ का दिनको निर्णय बमोजिम आगामी २८ अप्रिल २०१७ का दिन सनैया स्थित रोटाना होटलको सभा हलमा दिउस १२:३० बजेबाट सुरु हुने भएको छ । 
उक्त कार्यक्रमको लागि स्थानीय चर्तित कलाकारहरुको बेजोड पस्तुति रहने बताएका छन् बिगतका दिनहरुमा जस्तै अर्घाखाँची सेवा समाजले फरक किसिसले कार्यक्रम गर्दै आएको यस बर्ष पनि सोहि अनुरुप कार्यक्रम गर्न लागिएको अध्यक्ष ठाकुर कुमार परियार बताए।
कार्यक्रममा स्थानीय बहुचर्चित लोक तथा दोहोरी गायक बहुचर्चित हास्यकलाकार उपस्थिति रहने सेवा समाजका सांगीतिक विभागका संयोजक  अनिल कुमार परियारले बताए ।
बैदेसिक रोजगारी तथा विभिन्न व्यापार- ब्यबसाय संचालन गर्दै कतारलाई कर्मथलो बनाइ बसेका अर्घाखाँचीबासीहरुबीच नयाबर्ष २०७४ को आन्तरिक शुभाकामना आदान प्रदान तथा बिबिध मनोरन्जनात्मक सास्कृतिक कार्यक्रम गर्न लागिएको हुदा कतारको विभिन्न स्थानमा छरियर रहनु भएका सम्पूर्ण अर्घाखाँचीबासी बुवा आमा दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि अर्घाखाँची सेवा समाज कतार परिवार हार्दिक अनुरोध गरेको बताएका छन् ।
कार्यक्रम अर्घाखाँची सेवा समाज कतारको आयोजनामा सम्पन्न हुन् लागेको हो ।