उतार-चढाव रहँदै आएको सेयर बजार स्थीर

उतार-चढाव रहँदै आएको सेयर बजार साताको अन्तिम दिन विहीबार भने स्थीर रह्यो ।
उतार-चढावबीच बजार परिसूचक नेप्से मात्र आधा अंकजसोले ऋणात्मक रही १५ सय ८७ दशमलव ६ चारमा आएर थामियो ।
यसदिन आधा समूह सकारात्मक रहे भने आधा ऋणात्मक रहे । जलविद्युत्, उत्पादनमूलक, विकास बैंक र वाणिज्य बैंक समूह ओरालो लागे । बीमा, वित्त, होटल र अन्य समूह भने सकारात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४० कम्पनीको २७ लाख २३ हजार कित्ता सेयर १ अर्ब ४८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।