नेपाली राजदुताबासद को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

साउदी अरब (अर्घाखाँचीडटकम) साउदी अरब स्थित नेपाली राजदुताबासद को आयोजनामा साउदी सरकार द्वारा अबैधानिक रुपमा साउदी अरबमा रहेका बिदेशी कामदारहरुलाई दिएको  ९० दिने आममाफी समयावधिको घोषणा को कसरि अधिकतम उपयोग गर्ने  भन्ने बिषयमा साउदी अरबमा क्रियासिल बिभिन्न  संघ संस्थाहरुको भूमिका,परिचालन,सहभागिता  लगायतका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  ।

साउदीमा बिभिन्न कारणले समस्या भोगेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु यो मौकामा कोहि पनि नछुटुन  भनी साउदीका हरेक सहरमा संघ सस्थाहरुका प्रतिनिधित्व हुने गरी अस्थायी शिबिर सन्चालन गर्ने र दूतावासले  स्वयम् सेबक अनुमती पत्र दिने लगायतका बिषयमा छलफल भएको थियो  ।

अन्तरक्रिया कार्यक्रममा नेपाली जन  सम्पर्कका सभापति दिपक रेग्मी उपाधयाक्ष नमराज लामिछाने प्रबासी नेपाली मंचका काबा अध्यक्ष परशुराम मिश्र उपाध्यक्ष राजेन्द्र खत्री सचिब अमर श्रेष्ठ एनआरएनएका अध्यक्ष नारायण पासमानलागायातले उठाएका प्रश्नहरुको जबाफ काबा राजदुत आनन्द प्रसाद शर्माले दिएका थिए ।

आममाफी खुलेको दुई दिनमा ३०० जनाले दुताबासमा सम्पर्क गरी एप्लाई गरिसकेको समेत जानकारी गराउदै  अनलाईन फाराम भर्ने समन्ध मा डेमो प्रस्तुत समेत गरिएको थियो।