श्रीकृष्ण श्रेष्ठ
साउदी सरकार द्वारा अबैधानिक रुपमा बसोबास गरिरहेका बिदेशीहरु लाई स्वदेश फिर्तिको लागि मार्च २९ देखि लागु हुने गरि घोषणा गरिएको ३ महिने आममाफी को समयावधिमा नेपालीहरु को सहज फिर्तीको लागि साउदी अरबमा क्रियाशील संघ संस्थाहरु स्वतस्फुर्तरुपमा अगाढी आएका छन ।
एनए मिडिया,नेपाल मगर संघ,प्रबास साखा साउदी अरब,नेपाली साझा मंच,तमु धी प्रबास शाखा,फ्रेन्ड्स अफ नेपाल,साउदी अरब,स्याङ्जा सहयोग समिति,नेवा समाज साउदी अरब,बिबेकशील नेपाली दल,विश्व साहित्य महासंघ लगायतका संघ संस्थाहरुको उपस्थिति रहेको छलफल कार्यक्रम द्वारा आममाफी को अबधिमा नेपालीहरुको सहज फिर्तिमा सहयोग गर्न ब्यबसायी एबम सामाजिक अभियेंता जेन लामा को संयोजकत्त्वमा आममाफी सहयोग समिति को गठन गरिएको छ ।
साउदी अरब को पुर्बी क्षेत्रमा क्रियाशील एबम साउदी अरब भरि संजाल रहेको संघ संस्थाहरु ले सामाजिक दायित्व निर्बाह गर्ने क्रममा उच्च उदाहरण प्रस्तुत गर्दै नेपालीहरु को हित को लागि एक ठाउँमा आएका थिए ।
छलफल कार्यक्रम २ खण्डमा विभाजित गरि सम्पन्न गरिएको थियो पहिलो खण्ड को संचालन एनए मिडिया का प्रमुख सम्पादक श्री कृष्ण श्रेष्ठ र दोस्रो खण्ड एनए मिडियाका प्रबन्ध निर्देशक रोशन एन श्रेष्ठ द्वारा गरिएको थियो ।
कार्यक्रममा मूल एजेन्डा मा आधारित रही सो कार्यान्वयन को लागी अन्य थप छलफलको एजेन्डाहरु निर्क्यौल गरि ति बुदाहरुमा ब्यापक छलफल गरि निर्णय हरु गरिएको थियो।
कार्यक्रममा नेपाली साझा मंचका अन्तर्राष्ट्रिय अभियेंता महेश श्रेष्ठ ले आममाफी समन्ध प्रस्तुति दिएका थिए भने रोशन एन श्रेष्ठ द्वारा अनलाईन फारम कसरि भर्ने भन्ने समन्धमा डेमो प्रस्तुतु गरेका थिए साथै आममाफी को प्रचार प्रसार,ब्यबस्थापन,दुताबास संग समन्वय आदि बिषयहरु समन्धमा निर्णयहरु गरिएको थियो ।
कार्यक्रममा आजको भेलामा सहभागी हुन नसकेका संघ संस्थाहरु लाई पछी समेटिने गरि सर्बसम्मम रुपमा आममाफी को अबधिभर क्रियाशील रहने समिति को गठन गरिएको थियो।
जेन लामा संयोजक,रोशन एन श्रेष्ठ सचिब,महेश श्रेष्ठ प्रबक्ता श्री कृष्ण श्रेष्ठ सल्लाकार
अबैधानिक रुपमा साउदी अरबमा हाल पनि हजारौ नेपालीहरु रहेका छन्।नेपालीहरु सुगम शहरमा मात्र नरही दुर-दराजमा समेत कठिन अबस्थामा रहेका हुन् सक्छन।साउदी सरकार द्वारा ति व्यक्तिहरु सम्म सहि सूचना पुर्याउनु अहिले मुख्य चुनौती रहेको छ।संघ संस्थाको सक्रियता ले त्यो समस्या समाधानमा मुख्य भूमिका निभाउन सक्छ।नेपाली दुताबासले यो यथार्थ लाई मनन गर्नु पर्दछ।
संघ संस्थाको असल नियत को भेलामा दुताबासबाट समेत प्रतिनिधिको उपस्थिति लाई सकारात्मक रुपमा लिईने आम भनाई लाई लिदा पनि दुताबास ले पूर्व जानकारी र अनुरोधलाई स्वीकार गरेको भए अझ राम्रो होला भनि अनुमान लाई मनन गर्दा बिना उपस्थिति पनि जनहित प्रेरित निर्णयहरु भएको यथार्थता लाई मनन गरि भबिष्यमा हातेमालो गर्दा अझ परिस्कृत रुपमा अघि बढ्न सजिलो हुनेमा सबै सचेत हुन् पर्दछ।
आममाफी को समयमा संघ,संस्थाहरु स्वतस्फुर्तरुपमा भेला भइ सहयोगको मूल लक्ष्य सहित कमिटि नै गठन गरि अघि बढ्न खोज्नुमा ति संस्थाहरु लक्ष्य प्राप्तीको लागी सक्रिय रहेको भन्ने अर्थमा बुझ्नु पर्छ र नेपाली दुताबास लगायतका निकाय ले संघ संस्थाहरु को सक्रियता,सहभागिता र असल नियतको सहि र उच्च मुल्यांकन गरि अगाढी बढ्न सके भबिष्यको लागी एउटा उदाहरण हुने मा आशंका सायदै कसैमा रहला…
(श्रेष्ठ एनए मेडियाका प्रधान सम्पादक हुन)