अबैध नेपाली कामदारहरूको सहयोगका लागि अभियान संचालन गरिने

तेजबहादुर थापा
साउदी सरकारद्वार घोषित अबैध कामदार आम माफीलाइ मध्य नजर राखी गैर आवासीय नेपाली संघ साउदी अरबले मातहातका सम्पूर्ण निकायहरू परिचालन गर्ने भएको छ । रोजगारीका सिलसिलमा साउदी अरबमा रहि अबैध बन्न बाध्य नेपाली कामदारहरू लाइ तोकिएको ९० दिन भित्र नेपाल फर्काउन संघले अभियान संचालन गर्ने छ । गत शुक्रबार नेपाली राजदूतावास रियादमा सम्पन्न एघारौं बैठकले नेपाली दूतावास रियाद र महाबाणिज्य दूतावास जेध्दासंग समन्वय गरि अबैध नेपाली कामदारहरूलाइ स्वदेश फर्काउन हर तरहले सहयोग गर्ने निर्णय गरेको हो ।

सुचनाको पहुच नपुगेका साउदीमा दुर्गम ठाँउहरू बिशेष गरि मजरा क्षेत्रहरूमा आम माफीबारे जानकारी प्रचार प्रसार गर्ने र अबैध कामदारहरूको संख्या हेरी एनआरएनए घुम्ति टोलि नै खटाउने तयारी भै रहेको छ । अबैध कामदारहरूले पहिलो चरण मै अनलाइ अनुमित पत्र अनिवार्य लिनु पर्ने हुदा आवश्यकता अनुसार कम्प्युटर, प्रिन्टर लगायतका उपकरणहरूका साथ टोलि ति स्थानहरूमा पुग्नेछ ।

माताहातका क्षेत्रिय तथा स्थानिय समितिहरूलाइ आ-आफ्ना समितिका पदाधिकारीहरू सँग समन्वय गरि स्वयम शेवकहरूको सुचि उपलव्ध गराउन हिजै एआरएनए एनसिसि साउदी अरबले पत्राचार गरेको छ । नेपाली दूतावासका अबैतनि एनआरएनए प्रतिनिधि टोलिले अभियान व्यापक रूपमा अघि बढाउन माताहातका समितिहरूबाट स्वयम सेवकहरू थप गर्ने भएको हो ।