जिफन्ट सहयोग समूह साउदी अरब द्धारा नेपाली महिलाको सकुशल उद्धार

राज तामांग
नेपाल ट्रेड यूनियन महासंघ जिफन्टको प्रवासी कमिटी जिफन्ट सहयोग समूह साउदी अरब द्धारा २, जना नेपाली घरेलु महिला श्रकिमहरुको सकुशल उद्धार गरिएको छ ।
बैदेशिक रोजगारीका लागि विगत ९ नौ महिना अघि भारत हुँदै  साउदी अरब आईपुगेकी जिल्ला गोरखा गाविसा च्याङली वडा नं. ८ बस्ने सिता कुमाल साउदी अरबमा घरेलु कामदारको रुपमा बन्दि जीवन बिताइ रहेको अवस्थामा जिफन्ट सहयोग समूहले सहयोग गरि नेपाली राजदूतावासमा पुर्याइएको हो ।

पिडितले स्वदेश फर्काई दिन घर मालिकसँग पटक  पटक आग्रह गर्दा पनि वेबस्था  गर्ने विभिन्न मानशीक यातनाहरु दिने कुटपिट गर्ने गरेको र ५ पाँच महिनाको तलब समेत नदिएको भन्दै पिडितलाई उद्धार गरि स्वदेश फर्काउका लागि साउदी अरबमा क्रियाशिल रहेका जातिय संस्था कुमाल युवा समाजले जिफन्ट सहयोग समूह साउदी अरबलाई आग्रह सहित निवेदन दिएको थियो ।

निवेदन पश्चात दूतावाससँग समन्वयन गर्दै दूतावास बाट प्राप्त जानकारी सँगै अर्कि पिडित महिलाको पनि उद्धार गरिएको हो । ५ वर्ष अघि साउदी अरब आईपुगेकी झपाकी सुमित्र तामाङ्गले १९ महिनाको तलब समेत नपाएको र कुटपिट गरेको भन्दै दूतावासले सम्भव भए उद्धार गर्न आग्रह गरेपछि सिता कुमालको घरबाट ५५ किलो मिटरको दुरी बाट उनलाई पनि उद्धार गरि नेपाली राजदूतावास रियादमा पुर्याइएको हो । कुमाल युवा समाजका सचिव ओम कुमालले पिडित सिता कुमालको उद्धारका लागि धेरै संघ संस्थाहरुसँग हार गुहार गर्दा आश्वाशन मात्रै दिएको भन्दै बताउदै जिफन्ट द्धारा उद्धार गरिएकोमा धन्यावाद व्यक्त  गरे ।

कुमालले आगामि दिनहरुमा जिफन्ट सँगै हात्तेमालो गर्दै अघि बढ्ने बताउनु भयो ।

उद्धारका लागि जिफन्ट उद्धार टोलीमा जिफन्ट सदस्या बिमल तामाङ्ग र प्रतिनिधि राज तामाङ्ग खटिएका थिए  । हालसम्म दर्जनौ पिडित महिलाहरुको उद्धार गरिसकेका जिफन्ट सहयोग समूहलाई यस उद्धारका लागि भने ३ दिन लागेको र ३४०० सय किलो मिटरको यात्रा गर्नु परेको यो अहिले सम्मकै जटिल कार्य भएको जिफन्ट साउदीका अध्यक्ष समसेर तामाङ्गले बताए ।