साताको अन्तिम दिन विहीबार शेयर बजार सामान्य अंकले ऋणात्मक रह्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से करिब ६ अंकले ऋणात्मक रहेर १६ सय ५१ मा आएर थामियो ।
बीमा बाहेक अरु अधिकांश जसो समूह ओरालो लागे । होटल समूह सबैभन्दा उच्च ५१ अंकले झर्यो । जलविद्युत समूहमा २० अंकको गिरावट आयो ।
विकास बैंक समूहमा पनि १५ अंकको कमी आयो । वाणिज्य बैंक र वित्त समूह सामान्य अंकले ऋणात्मक रहे । बीमा समूह भने १५ अंकले सकारात्मक रह्यो ।
उत्पादनमूलक र अन्य समूह भने स्थीर रहे । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४३ कम्पनीको २३ लाख ३७ हजार कित्ता शेयर १ अर्ब ४१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।