ट्रयाक्टरको ठक्करबाट सिरहामा एक बालकको मृत्यु

 ट्रयाक्टरको ठक्करबाट बिहीबार सिरहामा एक बालकको मृत्यु भएको छ । 

प्रहरीका अनुसार लहान नगरपालिका-१० स्थित भित्री सडक खण्डमा स १ त ५७६१ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा सोही ठाउँका १२ वर्षीय सुमन पासवानको मृत्यु भएको हो । 
गम्भीर घाइते सुमनको लहानस्थित राउ स्मारक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनायो । कान्तिपुरमा समाचार छ ।  

अन्य समाचारहरु