एनआरएनए द्वारा खब्जिमा कार्यरत नेपालीहरू सँग भेटघाट

तेजबहादुर थापा
साउदी अरब (अर्घाखाँचीडटकम) एनआरएनए साउदीको टोलीले साउदी अरबको पुर्वी प्रान्त स्थित खब्जिमा कार्यरत नेपालीहरू सँग भेटघाट गरेको छ । नेपाली राजदूतावास रियादबाट करिब ४५१ कि.मि. तथा दम्माम शहरबाट २७३ कि.मि टाढा रहेको खब्जिमा कार्यरत नेपाली कामदारहरूको बस्तुगत स्थिति र हालै साउदी सरकारद्वार घोषित अबैध कामदार आम माफीलाइ मध्य नजर गरि एनआरएनए टोली खब्जि पुगेको हो ।

 टोलीमा एनआरएनए एनसिसि साउदीका उपाध्यक्ष डमर कुमार यादव, महासचिव तेज थापा, पुर्वी क्षेत्रिय उपाध्यक्ष रोशन कुमार श्रेष्ठ, सचिव अन्जनि कुमार अधिकारी लगायतको उपास्थिति थियो ।

सहभागि टोलीले खब्जिका बिभिन्न स्थानहरूमा रहेका नेपाली कामदारहरूसँग भेटघाट गरि प्रवासमा आपसि सम्बन्धलाइ प्रघाट बनाउन र आइ पर्ने समस्याहरूलाइ समाधान गर्न सबै मिलेर हातेमोलो गर्नु पर्ने सन्देश दिएको थियो । साथै त्यहाँ रहेका नेपालीहरूको उत्साहा र सकृयतालाइ ध्यानमा राखी जेम्स सुनारको संयोजकत्वमा ९ सदस्सिय खब्जि एनआरएनए सम्पर्क समिति निर्माण गरेको छ ।

समितिले खब्जि र आसपासका क्षेत्रहरूमा साउदी सरकारद्वारा घोषित अबैध कामदार आम माफीबारे सुचना प्रभाह गर्नेछ । त्यसैगरि समितिले आपसि छलफल र तयारी गरि निकट भबिष्यमा गैर आवासीय नेपाली संघ स्थानिय समन्वय समिति खब्जिको स्थापना गर्ने छ ।

साथै बैधानिक तवरले एलसिसि खब्जिको स्थापना भएमा खब्जि एनआरएनए एनसिसि साउदी माताहातमा रहेको पुर्वी क्षेत्रिय समिति अन्तर्गतको नयाँ र सबैभन्दा कान्छो एलसिसिको रूपमा उदाउनेछ ।