(साउदी अरब) प्रबासी नेपाली मंच साउदी अरब अन्तर्गत अलमराई इकाई कमिटीको बैठक हरि भुसालालो अध्यक्षतामा सम्पन्न भएको छ ।
मंचका केन्द्रिय सचिब अमर श्रेष्ठको प्रमुख आथित्यतामा र मंचका केन्द्रीय सदस्य बशन्त राइको आथिय्तामा सम्पन्न भएको थियो ! बैठकले सदस्यता वितरणको कार्यलाई निरन्तरता दिनुका साथै मंचको दोश्रो महाधिबेशन सफल पार्न केन्द्रले दिएको सम्पूर्ण जिम्मेवारी पुरा गर्ने निर्णय गरेको छ ।
साउदी सरकारले दिएको आममाफीको सहि सदुपयोग गर्न आसपासका मजराहरुमा गएर गैरकानुनीरुपमा बसेका नेपालीहरुलाई प्रचारप्रसार गरि सहयोग गर्ने निर्णय समेत गरेको छ ! यस एरियाका मजराहरुमा गैरकानुनी रुपले बसेका नेपालीहरु रहेको बैठकमा जानकारी गराइएको थियो ।