सुरेशराज त्रिपाठी
नयाँ बर्ष २०७४ सालको पहिलो दिन साउदीअरबको दम्माममा काभ्रे सेवा समाज नामक सामाजिक संस्था गठन भएको छ । काभ्रेपलान्चोक जिल्ला घर भै बैदेशिक रोजगारीको शिलसिलामा हाल साउदीअरबमा रहेका काभ्रेलीहरुलाई संगठित गर्दै काभ्रेको बिकास गरौँ सबै मिली,एकजुट हौँ साउदीअरबमा काभ्रेली भन्ने मुल नाराका साथ गठन गरिएको काभ्रे सेवा समाजले एक तदर्थ समिती गठन तथा नयाँ बर्ष २०७४ शुभकामना आदान प्रदान कार्यक्रम गरी अधिकारिक घोषणा गरेको हो ।
साउदीअरबमा रहेका बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु, नेपाली बुद्दिजिबी, समाजसेबी, ब्यबसायी, मिडियाहरु समेतको उपस्थिती रहेको उक्त कार्यक्रम १० बर्ष देखी साउदीअरबमा रोजगार गर्दै आउनुभएका काभ्रे पाँचखालका सुरेशराज त्रिपाठीले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै नयाँ बर्षको शुभकामना दिदै साउदीअरबमा आफ्नो जिल्लाको पहिचान दिलाउने, जिल्लाको बिकासको लागि भनेर साउदीअरबमा छरिएर रहेका आफ्नो जिल्लाबासिहरुलाई एक ठाउँमा संगठित गर्ने उदेश्य लगायत बिभिन्न उदेश्यहरु लिएर साउदीअरबलाई कर्मभुमी बनाउँदै आएका काभ्रेलिहरुलाई समेटेर नेपाल सरकारको नियम कानुन अनुसार सम्पूर्ण प्रकृयाहरु पुरा गरी गैर राजनितिक, गैर नाफामुलक, एक बिशुद्द सेवादायी सामाजिक संस्था काभ्रे सेवा समाज, साउदीअरबको गठन गरिएको त्रिपाठीले बताए ।
नेपालको झन्डा र काभ्रे सेवा समाजको लोगो साथमा नयाँ बर्षको शुभकामना र काभ्रे सेवाको गठन कार्यक्रम लेखिएको केक काट्दै काभ्रे सेवा समाजको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा आफ्नो भनाइहरु राख्दै १७ बर्षदेखी साउदीअरबमा कार्यरत काभ्रे कोशीपारीका एन आर एन ए आइसिसी सदस्य रमेश भण्डारीले संस्थाको मुल उद्देश्यहरु बारे जानकारी दिएका थिए
। बैदेशीक रोजगारिको शिलशिलामा साउदीअरबका बिभिन्न ठाउँहरुमा रहेका सम्पूर्ण काभ्रेलिहरुलाई एकत्रित गर्दै एकजुट भएर आफ्नो गृह जिल्लाबासिहरुलाई साउदीअरबमा कुनै समस्या परेमा वा आफ्नो गृह जिल्ला मात्र नभएर कुनै नेपालीलाई प्रवासमा कुनै समस्या परेमा सम्पूर्ण काभ्रेलिहरु मिली सहयोग गर्ने, आफ्नो जिल्ला लगायत देशमा कुनै प्राकृतिक बिपत पर्दा एक भएर सहयोग गर्ने, साउदीअरबमा छरिएर रहेका सम्पूर्ण काभ्रेलिहरुलाई एउटा संस्थामा संगठित गरी भाईचाराको सम्बन्धलाई नजिक बलियो बनाउने, काभ्रे जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासलाई पहिलो प्राथमिकतामा राखी सहयोग गर्ने, काभ्रेको समग्र विकासको लागि नेतृत्व लिने अग्रणी संस्थाहरु, बिभिन्न देशमा काभ्रेको समृद्धिको लागि सकारात्मक योगदान पुर्याउने काभ्रेली संघ सस्थाहरु, सहयोगी निकायहरुसँग हातेमालो गर्दै काभ्रेको समग्र बिकासको लागि अघी बढ्ने र समृद्ध, सम्पन्न, सुशिक्षित आधुनिक काभ्रे बनाउने योजना रहेको भण्डारीले बताउनुभएको थियो ।
काभ्रेलीहरुको विकास नै काभ्रेको विकासको न्यूनतम आधार हो र काभ्रेको विकासबाट मात्र काभ्रेलीहरुको यथोचित विकास सम्भव हुन्छ भन्ने कटु सत्यलाई मनन गर्दै लामो समयदेखी साउदीअरबमा रहेर काभ्रे लगायत देशको बिकासको लागि केही गरौँ भनेर सदैब लाग्नुहुने जुजारु, मेहनती काभ्रेलिहरुलाई समेटेर काभ्रे सेवा समाज साउदीअरबको गठन गरिएको र १ बर्ष भित्रै मै प्रथम अधिबेशन गरी काभ्रे सेवा समाजलाई पूर्णता दिने कुरा २२ बर्षदेखी साउदीअरबमा कार्यरत काभ्रेका रामप्रसाद सापकोटा ज्युले बताउनुएको थियो ।
लामो समय देखी साउदीअरबको दम्माममा आफ्नो निजी ब्यवसाय संचालन गर्दै आउनुभएका काभ्रे साँगाका जेन कुमार लामाले आफ्नो मन्तब्य राख्दै साउदी अरब जस्तो भौगोलिक कठिनता, कानूनी व्यवधान तथा धार्मिक भिन्नता भएको देशमा संगठन गठन गर्दै संगठन विस्तार, बिकास गर्न र सशक्त बनाउन त्यति सजिलो त छैन तर पनि यि कुराहरुलाई एउटा चुनौतीको रुपमा स्विकार्दै साउदीअरबको निती नियमले कुनै समस्या उत्पन्न नगर्ने गरी गठीत काभ्रे सेवा समाजले आफ्नो लक्ष्य अनुसार कामहरु अगाडी बढाउँदै, काभ्रेलिहरुलाई संगठित गर्दै, सदस्यहरु बनाउँदै जाने, रियाद स्थिति नेपाली राजदूताबास, साउदीअरबमा रहेका बिभिन्न संघ सस्थाहरुसँग सहकार्य गर्दै जाने कुरा बताउनुभएको थियो
अन्त्यमा काभ्रे सेवा समाज तदर्थ समितिको सर्बसम्मतिबाट पारीत कार्यसमितिको नामहरु घोषणा गर्दै उपस्थित सबैलाई खानपिन गराइ कार्यक्रमको समापन गरिएको थियो ।
काभ्रे सेवा समाज तदर्थ समितिका नवगठित कार्य समिति यसप्रकार रहेको छ ।
१) अध्यक्ष श्री जेन कुमार लामा
२) प्रथम उपाध्यक्ष श्री रमेश भण्डारी
३) द्दितिय उपाध्यक्ष श्री रामप्रसाद सापकोटा
४) तृतीय उपाध्यक्ष (रिक्त – पछी नियुक्त गर्ने)
५) महासचिब श्री सुरेशराज त्रिपाठी
६) सचिब श्री बिष्णु घिमिरे
७) सहसचिब श्री दशरथ हुमागाइँ
८) कोषाध्यक्ष श्री अजय कुमार त्रिपाठी
९) सहकोषाध्यक्ष श्री राज गौतम
१०) सहकोषाध्यक्ष श्री बलराम घिमिरे
११) सदस्य श्री सोमप्रसाद भुर्तेल
१२) सदस्य (रिक्त ४ सदस्य पछी नियुक्त गर्ने)
प्रमुख सल्लाहकार श्री द्वारीकाराज गिरी