चितवनको दुई बेग्लाबेग्लै स्थानमा डुबेर दुईजनाको मृत्यु

चितवनको दुई बेग्लाबेग्लै स्थानमा डुबेर आईतबार दुईजनाको मृत्यु भएको छ । नारायणी नदीमा डुबेर भरतपुर १७ का १६ वर्षीय जंगबहादुर बगडीको डुबेर मृत्यु भएको छ । 
दाङ घर भएका बगडी ना ७ क १८०९ नम्बरको ट्रिपरका सहचालक हुन् । उनी पोडी खेल्ने क्रममा बगाएर मृत्यु भएको प्रहरीले जनायो । 
त्यस्तै, ईच्छाकामना गाउँपालिका ४ कुरिनटारस्थित रिभर साईड स्प्रिङ रिसोर्टको स्विमिङपुलमा डुबेर आईतबार एक युवकको मृत्यु भएको छ । मोरङ घर भई हाल तनहुँ स्थित माछापुच्छ्र्रे बैकमा कार्यरत २३ वर्षीय सागरबाबु गिरी पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर मृत्यु भएको प्रहरीले जनायो । 
स्वीमिङ गर्नेक्रममा डुबेर बेहोस भएपछि तत्काल उद्दार गरी उपचारको लागि तनहँुको दमौलीस्थित रत्नहरी अस्पतालमा पठाइएको थियो । उपचारको क्रममा अपरान्ह गिरीको मृत्यु भएको प्रहरीले जनायो । कान्तिपुरमा समाचार छ । 

अन्य समाचारहरु