पर्वतका छुट्टाछुट्टै ठाउँमा परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
आइतबार साँझ झरीसँगै परेको चट्याङले फलेवास नगरपालिका-११ पांग्राङका २२ वर्षीय विक्रम नेपालीको मृत्यु भएको छ भने महाशिला गाउँपालिका-६ फलामखानीकी ३६ वर्षीया धनकुमारी थापाको मृत्यु भएको हो ।
नेपालीको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने थापाको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । इमेजखबरमा समाचार छ ।