तेजबहादुर थापा
साउदी अरब (अर्घाखाँचीडटकम) साउदी अरबको दम्माम स्थित सिको गार्डेनमा खुल्ला आकाशमुनि बस्न बिवस नेपाली कामदारहरूलाइ एनआरएनए साउदीले अस्थाइ आवास र खानाको व्यवस्था मिलाइदिएको छ । करिव ३१ जनाको संख्यामा नेपाली कामदारहरूसँग खाना बस्नको लागी पैसा नभएको र आफुहरू गार्डेनमा बस्न बिवश भएको जानकारी प्राप्त भए पछि गत सोमबार एनसिसि साउदीका अध्यक्ष नारायण पासवान, आरसिसि पुर्वी क्षेत्रिय उपाध्यक्ष रोशन कुमार श्रेष्ठ, एल सि सि दमामका अध्यक्ष लोकेन्द्र सुब्बा, कोषाध्यक्ष शुक्र मोक्तान लगायत कार्गो ब्यबसायी जेन कुमार लामाको संयुक्त टोलिले नेपाली श्रमिकहरूलाइ भेटि अस्थाइ आवासको व्यवस्था गरिदिएको हो ।
एनआरएनए साउदीको आपतकालिन उद्धार कोषबाट रकम निकासा हुनेगरि उनिहरूलागि दैनि आवश्यक समाग्रिहरू, भाडाकुडा, चुलो, ग्यास लगायत खाध्यान्नको व्यवस्था गरिएको छ । त्यसैगरि उनिहरुको कानुनी उपचारका लागि आवश्यक कागजातहरु जुटाउन र अवस्था अध्यान गर्न एनसिसि साउदीका महासचिव तेज थापा, सदस्य उमेश भट्टराई, सदस्य जोन अर्याल, आरसिसि पुर्वि क्षेत्रीय उपाध्यक्ष रोशन श्रेष्ठ, सचिव अन्जनि कुमार अधिकारी, कोषाध्यक्ष चित्र कुमार राई लगाएतको एक टोलि बुधवार बेलुकी कामदारहरूको सेल्टरमा पुगेको छ भने एनआरएनए टोलीले उनिहरूसँग नियमित रूपमा भेट्ने क्रम जारी राखेको छ ।
साउदी सरकारद्वा दिइएको ३ महिने गैर कानुनि कामदार क्षेमादान आम माफीको समय सकिनै लाग्दा साउदी अरबको जेध्दा, जिजान, ताबुक लगायत बिभिन्न ठाँउहरूबाट बहिर्गमनको प्रतिक्षामा आएको समुह दम्मामको सिको गार्डेनमा वस्न बिवश भएको थियो । बाध्यताले जव नेपाली श्रमिकहरू श्रम बेच्न बिवस हुन्छ उनिहरूलाइ ठग्ने र बिवशताको फाइदालिने समुह नेपालबाटै सकृय हुने गर्दछ । एजेन्ट, म्यान पावर र दलालबाट ठगिदै खाडि मुलक प्रबेश गरेका कामदारहरूलाइ धेरै पैसा कमाउने प्रलोभनमा पारी भगाउने र उनिहरूको श्रम शोषण गर्ने कार्यमा नेपाली दलाल तथा बिचौलियाहरू लागि परि रहेका हुन्छन् ।
नेपाल सरकारले फ्रि भिषा र फ्रि टिकटको उर्दी जारी गरि रहदा SOS म्यान पावर कम्पनिलाइ ७५ हजार नगद बुझाइ ८ महिना पहिले नासिर अल हाजरि कम्पनि साउदी अरब आएका तुल्सिपुर दाङका सुनिल डाँगीलाइ जुबेलमा रहेका एक जना नेपालीले राम्रो तलव दिलाइ दिने भन्दै कम्पनिबाट भगाउन प्रेरित गरे । आफु म्यान पावर कम्पनिको बिदेश बिभाग प्रमुख भन्दै धेरै नेपाली कामदारहरूलाइ काम लागइदिने गरेको र उनिहरूले मनग्य पैसा कमाएको झुट्टो प्रोलभनमा पारे, डाँगिले भने । ति नेपालीले डागी लगायत अन्य १२ जनालाइ कार्यरत कम्पनिबाट भाग्न लागए र हरेक महिनामा राम्रो तलव दिने भन्दै उनिहरूलाइ जेद्धा शहरमा काम गर्न पठाए तर ३ महिना बिति सक्दा पनि नियमित रूपमा पैसा दिनुको साटो आफुहरूसँग खानाको समते पैसा नबचे पछि सुनिल कुमार डागी, गुल सैयद लागयत अन्य ६ जना बहिर्गमन प्रकृयाका लागी दम्माम आएको बताउछन् ।
त्यसै गरि अर्को समुहमा रहेका १३ जना अबैध नेपाली कामदारहरूलाइ दम्माममा रहेका एक जना नेपालीले काममा लागएको र बिगत केहि महिनादेखि तलव नदिएकोले आफुहरू गार्डेनमा बस्न बाध्य भएको पिडितहरू बताउछन् ।
पेट्रोलियम पदार्थमा आएको मुल्यमा गरिवट तथा आन्तरिक समस्या लगायतका कारण साउदी सरकारले आप्रवासी कामदार नितिमा कडाइ गरेको छ भने ३ महिने आम माफि भित्र साउदी नछाड्ने आप्रवासीहरूलाइ अझ कडाइ गर्ने प्राय निश्चित भै सकेको छ ।