गैर आवासीय नेपाली संघ साउदी अरबको छैठौं महाधिबेशन हुदै

तेज थापा
गैर आवासीय नेपाली संघ साउदी अरबको छैठौं महाधिबेशन यही आउदो ०२ सेप्टेम्बर, २०१७ शनिवार दम्माममा हुने भएको छ । बाह्रौं पुर्ण बैठकको निर्णय सँगै आठौं आकास्मिक साइवर कन्फ्रेन्स बैठकद्वाले निर्वाचन निर्देशिका तथा आचार संहिता पारित गरि बक्रि इदको समयमा अधिबेशन तय गरेको हो । हिजो एक प्रेष विज्ञप्ति (प्रेष विज्ञप्ति)  जारी गरि अधिबेशन सम्बन्धि सुचना सर्वजानीक गरिएको छ ।


मातहातका हरेक क्षेत्रबाट एक एक जना प्रतिनिधि रहने गरि भुतपुर्व एनसिसि साउदीका सदस्य तथा लेबर टास्कफोर्स जुबेलका संयोजक चन्द्र प्रकाश भन्डारीज्युको संयोजकत्वमा गठित ५ सदस्यिय टोलीलाइ छैठौं महाधिबेशन निर्वाचन समितिको जिम्मेवारी सुम्पिएको । समितिमा अलकासिमबाट रमेश भन्डारी, ताबुकबाट भक्त हमाल, जेद्धाबाट भिम गुरूङ रहनु भएको छ भने रिक्त एकजना सदस्य पुर्वी क्षेत्रबाट पछि मनोनित गरेने छ । मर्यादित र पारदर्सिता साथ अधिबेशन सम्पन्न गर्न निर्वाचन समितिलाइ निर्वाचन निर्देशिका तथा आचार संहिता नि सम्प्रेषण गरिएको छ । साथै सुचनाको पहुच सबैको अधिकारलाइ मध्य नजर राखी सम्बन्धित निर्देशिका संस्थागत वेबसाइ मार्फत प्रकाशित गरिएको छ ।

छैठौं राष्ट्रिय महाधिबेशन अधिबेशनलाइ भव्यरूपमा सम्पन्न गर्न बिभिन्न समिति तथा उपसमितिहरू गठन गरि जिम्मेवारी तोकिएको छ ।