श्रमिक सेल्टरमा रहेका कामदारहरू सकुसल नेपाल फर्कीए

तेजबहादुर थापा
साउदी अरब(अर्घाखाँचीडटकम) एनआरएनए श्रमिक सेल्टर दम्माममा रहेका धेरैजसो नेपाली कामदारहरू सकुशल नेपाल फर्कीएका छन् । साउदी सरकाद्वारा दिइएको ३ महिने अबैधानिक कामदार क्षेमादान प्रकृया चलिरहदा नेपाली कामदारहरू साउदी अरबको हाफर अलबादिन, जेद्धा, ताबुक लगायतका बिभिन्न स्थानबाट दम्माम स्थित सिको गार्डेनमा जम्मा भएका थिए । खुल्ला आकासमुनि बस्न बिवश नेपाली श्रमिकहरूको दुखदायि पिडादेखी एनआरएनए साउदीले गत महिनाको मे २ तारिख देखि सेल्टरमा राखी खानापिना सहित कानुनि प्रकृया र पैरवि पहल सुरू गरेको थियो । क्षेमादानको दायर भित्र रहेका कामदारहरूलाइ प्रकृया पुर्याइ दम्माबाटै नेपाल पठाइएको छ भने क्षेमादानको दायर भन्दा बाहिर रहेका कामदारहरूलाइ नेपाली राजदूतावास रियादसँग समन्वय गरि दूतावास पठाइएको थियो । साथै नेपाली दूतावासले कानुनि प्रकृया पुरागरि उनिहरूलाइ रियादबाट नेपाल पठाउन सहयोग गरेको छ ।

एनआरएनए श्रमिक सेल्टर दम्माममा रहेका कामदारहरूको संख्या बढ्दै जादा एनसीसी साउदिका प्रमुख सल्लाहकार डोर बहादुर कार्की, अध्यक्ष नारायण पासवान, उपाध्यक्ष डमर यादव, महासचिव तेज थापा, सदस्य जोन अर्याल, आरसिसि पुर्वी क्षेत्रिय उपाध्यक्ष रोशन श्रेष्ठ तथा आरसिसि अलखोबरका भुतपुर्व अध्यक्ष मो. ईसा रायनको टोली गत मे १९ शुक्रवार नेपाली राजदूतावास रियाद पुगेको थियो । टोलिले नेपाली राजदुतावासका का. बा. राजदुत आनन्द प्रसाद शर्मा, श्रमसहचारी अम्विका प्रसाद अधिकारी, प्रथम सचिव विजय रावत, द्वितीय सचिव बिपिन दुवाडि, सहचारी सन्तोष कुमार अधिकारी लगायतका पदाधिकारीहरुसँग अनौपचारीक भेटघाट गरी सेल्टरमा रहेका नेपाली कामदारहरूको कानुनी प्रक्रिया, न्यायिक पहल तथा नेपाल फिर्ता लगायत अन्य समसामयिक बिषयमा छलफल गरेको थियो ।

त्यसैगरि श्रमिक सेल्टर दम्माममा सुरू देखि नै खटिदै आउनु भएका एनसिसि केन्द्रिय सदस्य जोन अर्याल, आरसिसि पुर्वी क्षेत्रिय उपाध्यक्ष रोशन कुमार श्रेष्ठ, सहसचिव घनश्याम अर्याल तथा एलसिसि दम्मामका कोषाध्यक्ष शुक्र मोक्तासँग हिजो साझ एनसिसि साउदीका अध्यक्ष नारायण पासवान, महासचिव तेज थापा तथा आरसिसि पुर्वी क्षेत्रिय सचिव अन्जनि कुमार अधिकारिले भेट गरि सेल्टरमा रहेका कामदारहरूको पछिल्लो स्थितिबारे जानकारी हासिल गरेको हो । एनआरएन टोलीले सेल्टर अनुगमन गरि आम माफीको समयसिमा अगाडी बाकि रहेका कामदारहरूलाइ कसरि नेपाल फर्काउन सकिन्छ भन्नेमा छलफल र परामर्स समेत गरेको छ । आरसिसि पुर्वी क्षेत्रिय उपाध्यक्ष तथा सेल्टर समन्वयकर्ता रोशन कुमार श्रेष्ठले दिएको जानकारी अनुसार हाल ८ जना कामदारहरू सेल्टरमा बाकी रहेका छन् भने उनिहरू मध्य ३ जना आम माफीको दायरा भित्र नपर्ने हुनाले नेपाली राजदूतावास रियादबाटै पहल हुने पर्ने देखिन्छ भने बाकी रहेका कामदारहरू जुन महिनाको २० तारिख अगाडी नै नेपाल फर्कने अन्तिम तयारीमा रहेका छन् ।