साउदी अरब (अर्घाखाँचीडटकम) रोजगारीको सिलसिलामा साउदी अरबियाको अलमराई कम्पनि अन्तरगत घुरनाथा शाखामा कार्यरत नेपालीहरुको सस्था घुरनाथा नेपाली कमिटीले समाज सेवाको कार्यमा निरन्तर अघि बढिरहेको छ ।
स्वदेश तथा बिदेशमा जटिल अबस्थामा रहेका नेपाली तथा गैर नेपालीहरुलाई सक्दो आर्हिक सहयोग गर्दै आईरहेको छ ।
करिब १०० जना सदस्य रहेको यस कमिटीले समाज सेवाको कार्यमा आगामी दिनमा समेत निरन्तर बढिरहने कमिटिका अध्यक्ष अमर श्रेष्ठले बताए ।
यस कमिटीले २०१७ को सुरुवात सगै दुताबासको शरणमा रहेका नेपाली चेली उद्धार गर्नको लागि रु १५०००, कमिटीका सदस्य कमला थापाको छोरा दुर्घटना परि उपचार गर्दागर्दै मृत्यु भएकोले सहयोग स्वरूप रु १ लाख ९३ हजार, छिमेकी राष्ट्र श्रीलंकामा बाढीपीडितलाई सहयोग स्वरूप रु ७० हजार सहयोग गरेको छ ।
यसैगरी नेपालीहरुले आयोजना गर्ने खेलकुद, सास्कृतिक कार्यक्रम लगायतका अन्य कार्यक्रममा प्रतक्ष्य वा अप्रत्यक्ष रुमा सहयोग गर्दै आईरहेको कमिटीका महासचिब बशन्त राईले बताएका छन् ।
अलमराई कम्पनि विश्वकै ठुलो फुड कम्पनि मानिन्छ जहाँ ४० देशका ४५ हजार जना मानिसहरु काम गर्दछन ।