ओम र मनास्लु विकास बैकको संयुक्त कारोवार

 कृष्ण खनाल  
नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीवि नेपालले ओम डेभलपमेन्ट बैंक  र मनास्लु विकास बैंक लि.मर्ज भई बनेको ‘ओम डेभलपमेन्ट बैंक लिमिटेड’को संयुक्त कारोवार सुभारम्भ कार्यक्रमको आज असार २ गते शुक्रबार उद्धघाटन गर्नुभएको छ । कार्यक्रममा गर्भनर डा. नेपालले नेपालको बर्तमान बैंकिङ्ग अवस्था र  नेपालको बितिय बातावरणबारे जानकारी दिनुभएको थियो । बैंकका सञ्चालक समितिका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बैंकको बिविध पक्षहरुको जानकारी गराउनुभएको जनाइएको छ ।
मर्जरपछि बैंकको चुक्ता पुंजी करिब १ अर्ब ६६ करोड, निक्षेप १५ अर्ब ४० करोड, कर्जा १३ अर्ब ८० करोड, शाखा संख्या ४१, कर्मचारी संख्या ३२७, निक्षेप ग्राहक १ लाख ९८ हजार, कर्जा ग्राहक २५ हजार १ सय, एटिएम ग्राहक १५ हजार र मोवाईल बैंकिङ्ग ग्राहक ३७ हजार ५ सय पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताए ।
बैंकका अध्यक्ष सुशिल कुमार गोशलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक तथा संयुक्त मर्जर समितिका संयोजक राजेन्द्र कुमार बाटाजुले शुभकामना मन्तब्य र साविक मनास्लु विकास बैंकका अध्यक्ष तथा बर्तमान सञ्चालक बिजय मल्लले मन्तब्य राख्नुभएको थियो । सभामा पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, डेभलपमेन्ट बैंकर एसोशियसन नेपालका अध्यक्ष भरत राज ढकाल, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द मुल्मी र पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सि.ले शुभकामना मन्तब्य राख्नुभएको बताइएको छ ।