अवैधरुपमा रहेका नेपालीमाथि मलेसिया सरकारले पक्राउ गर्न थालेको छ।
मलेसियामा रहेका विदेशीहरुलाई घरफिर्तीको लागि दिएको समय सकिएलगत्तै मलेसियाले
विदेशीहरुलाई पक्राउ गर्न थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन्।
उक्त धरपटकडमा नेपालीहरु पनि परेको
त्यहाँस्थित नेपालीहरुले जानकारी दिएका छन्। अवैध रुपमा बसेकालाई घरफिर्तिको अवसर
दिँदा पनि फिर्ता नभएका नेपालीहरु मलेसियाली प्रहरीको निसानामा परिरहेको
नेपालीहरुले बताएका छन्।
गएको शनिबारबाट अवैध विदेशीहरु धमाधम
पक्राउ पर्न थालेदेखि करिब सय नेपालीहरु परिसकेको बताइएको छ। नेपाली दुतावासले भने
त्यसरी अवैधरुपमा बसेका नेपालीलाई मलेसियाको राजधानीमा रहेको नेपाली दुतावासमा
सम्पर्क गर्न अनुरोध गरेको छ।
दुतावासले विज्ञप्ती जारी गर्दै
अवैधरुपमा बसिरहेका नेपालीहरुलाई दुतावासमा सम्पर्क गर्न अनुरोध गरेको हो।
गएको माघदेखि असार १६ गतेसम्म
घरफिर्तीको समय दिएको मलेसियाले उक्त अवधि सकिनेवित्तिकै विदेशीहरुलाई पक्राउन
गर्न थालेको छ। ठुलो संख्यामा अवैधरुपमा नेपालीहरु पनि रहेको अनुमान गरिएपनि १५
सयलेमात्र उक्त कार्यक्रममा सहभागी भएका थिए।
सेटोपातीबाट



