झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु, एक गम्भीर घाइते

मेची राजमार्गअन्तर्गत् झापाको बुधबारे-चारआली सडकखन्डमा दुर्घटना हुँदा मंगलबार दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी एकजना गम्भीर घाइते भएका छन् ।
इलामबाट झापा आउँदै गरेको को१ख २९८८ नम्बरको बसले विपरीत दिशामा जाँदै गरेको मे३प ५४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक करिब ३५ वर्षीय एक पुरुष र त्यसमा सवार ५५ वर्षीया महिलाको मृत्यु भएको हो ।
मृतक दुबैको नाम र ठेगाना भन्ने खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोही बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी बुद्धशान्ति गाउँपालिका-४ की पैदलयात्री ६० वर्षीया सन्तमाया तामाङको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलमा उपचार भइरहेको जनाइएको छ । रासस

अन्य समाचारहरु