हरि कुँवर
साउदीअरब । एन आर एन ए एनसिसि साउदीको माताहातमा रहेको अल कासिम क्षेत्रीय समन्वय समिती अल कासिमले ८ बर्षदेखि नेपाल जान नपाई घर भित्र बन्दी जीवन बिताएकि, खद्दामा (House Maid) को रुपमा काम गर्दै रहेकि, दोभान -२, पाल्पा घर भएकि कमला दर्लामी मगर नाम गरेकी नेपाली चेलिलाइ उद्दार गरि नेपाल पठाउन सफल भएको छ ।
घरको गरिबी अवस्था तथा सपनाको महललाई मनमा सझाउदै मुम्बई को बाटो हुँदै ८ बर्ष अघि साउदी अरब आइपुगेकी कमला आफ्नै आफन्तको लह- लहै बाट फसेकि थिइन ।