चितवनमा बसले पैदल यात्रीलाई ठक्कर दिंदा २ जनाको मृत्यु

चितवनको राप्ति नगरपालिका-५ स्थित भण्डारा चोकमा आज दिउँसो बसले पैदल यात्रीलाई ठक्कर दिंदा २ जनाको मृत्यु भएको छ । नारायणगढबाट हेटौंडातर्फ जाँदै गरेको ना ६ ख ९०११ बसले सोही ठाउँ बस्ने ६८ वर्षीय लालबहादुर बोम्जन र ३८ वर्षीया ठूलीमाया लोप्चनलाई ठक्कर दिएको थियो ।
ठक्करबाट दुबै गम्भीर घाइते भएपछि उपचारका लागि भरतपुरतर्फ ल्याउँंदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपक श्रेष्ठले बताए । कान्तिपुरमा समाचार छ । 

अन्य समाचारहरु