साउदी अरब (अर्घाखाँचीडटकम) नेपाली राजदूतावास रियाद साउदी अरबका नवनियुक्त राजदुत प्रा. डा. महेन्द्र सिंह राजपुतले कार्यभार सम्हालेको करिब एक महिना पछी यहाँ कृयाशिल बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि, समाजसेवि, बुद्धिजिवि, व्यावसायीहरू लगायत रोजगारको सिलसिलामा साउदी अरबमा रहेका नेपाली जनसमुदायहरूको उपस्थितिमा राजदूतावासले परिचयात्मक तथा अन्तरकृया कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।
नवनियुक्त राजदुत राजपुतले जिबनको चालिस बर्ष प्राज्ञिक क्षेत्रमा बिताएको र साउदीको समस्या हल गर्न अध्ययन गरी यहाँ क्रियासिल रहेका नेपाली संघ सस्था, समुदायहरुको सल्लाह सुझाबलाई आत्मसाथ गर्दै सबैको सहयोगमा नेपाली कामदारमुखी कामहरु गर्ने, समस्या समाधान र न्युनिकरन गर्ने कुरा बताएका थिए ।
कार्यक्रमका बक्ताहरुले झन्डै दुई बर्ष कार्यबाहक राजदुतको जिम्मेवारी सम्हाल्नु भएका बर्तमान नियोग उपप्रमुख आनन्द प्रसाद शर्माको कार्यकाल सफल रहेको र आगामी दिनमा नवनियुक्त राजदूत लाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।
नियोग उपप्रमुख आनन्द प्रसाद शर्मा द्वारा संचालन गरिएको कार्यक्रममा , श्रमसहचारी अम्बिका प्रसाद अधिकारी, प्रथम सचिव विजय कुमार राउत, द्वतिय सचिव बिपिन दुवाडी लगायतका राजदूतावास परिवारको उपस्थिति थियो ।