अनमोल राक्सेमगर
मनमा, बहराइन । अर्घाखाँची प्रवासी समाज बहराइन र सुपादेउराली बचत खाता बहराइनको मार्सिक बैठक बहराइनको राजधानी मनमा सम्पन्न भएको छ ।
” एक जुट हौं समाजका लागि केही गरौं ” भन्ने मुल नारालाई आत्मसात गर्दै स्थापना गरिएको रोजगारी को सिलसिलामा प्रवासमा रहनु भएका जिल्ला बासिको सबैको साझा संस्था अर्घाखाँची प्रवासी समाज बहराइन र सुपादेउराली बचत खाता बहराइनको मार्सिक बैठक बहराइनको राजधानी मनमा सितल रेष्टुरेन्ट सभा हलमा सम्पन्न भएको हो ।
यसै समाजका अध्यक्ष कमल घिमिरेले सभापतित्व र प्रमुख सल्लाहकार युबराज केसिको प्रमुख अथिती र सल्लाहकार रामु खनाल र रामु सेजवालको विशेष अथितिमा यसै समाजका सचीव अनमोल राक्से मगरले संचालन गर्नु भएको थियो । यस समाजको आय ब्याय भने यसै समाजका सचीवले प्रादेशिक गर्नु भएको थियो । सुपा देउराली बचत खाता को हिसाब किताब सुर्य थापाले प्रादेशिक गर्नु भएको थियो । जिल्ला बासिहरुको बाक्लो उपस्थिति रहेको यश नियमित माषिक बैठक मा अब आउदो महिना देखि सुपा देउराली बचत कोष को कानुनीक सबैको पारित नियम यश समाजमा पनि लागू गरिने निर्णय गरियो ।
” सेवा नै धर्म हो ” भनी अर्घाखाँची जिल्ला पाणिनि गाउपालिका १ बासाकारुख निबासी जितबहादुरको नाति रामबहादुरको छोरा १८ महिनाको बच्चा जन्मदेखी नै थालासिमिया रोग बाट ग्रसित बच्चालाई यो रोग उपचार को एक मात्र विकल्प भनेको बोनम्यारो प्रत्यारोपण गर्नु नै पर्ने भएको हुदा आर्थिक सहयोग गर्ने निर्णय गरियो ।
यसै समाजका सांस्कृतिक सचीव केशब थापा क्षेत्रीलाई पुत्र लाभ भएको सुखद उपलक्ष्यमा समाजका अध्यक्ष कमल घिमिरे , सल्लाहकारहरु र सम्मुर्ण पदाधिकारी तथा सदस्यहरु ले रातो टीका लगाइदिदै हार्दिक बधाई ज्ञापन तथा शुभकामना दिनु भएको थियो ।


