पारिबारिक समाज साउदी अरबको भेटघाट तथा अधिबेशन सम्पन्न

        
   
अरुण बेलबासे

साउदी अरब (अर्घाखाँचीडटकम) पारिबारिक सामाज साउदी अरबले  रियाद र अल खर्ज क्षेत्रमा रहेका नेपाली परिबारहरुको  भेटघाट तथा अधिबेशन हालै सम्पन्न भएको छ ।

करिब ३५ परिबार सहभागी रहेको सो कार्यक्रममा अन्य निम्तालुहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

अमृत पौडेलले संचालन गरेको सो कार्यक्रममा बिबिध सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

बिदेशमा रहेका नेपालीहरु बीच देशको रितिरिवाज , सस्कृतिलाई उथान गर्दै देश मा आई पर्ने कुनै आपत बिपतमा सहयोग गर्ने हिसाबले कोष समेत खडा गरिएको छ ।

रियादको एक्जिट १८ मा सम्पन्न भएको कार्यक्रममा रात्रीभोजको समेत ब्यबस्था गरिएको थियो भने अन्त्यमा नाचगान गरि रमाइलो गरिएको थियो ।