युवराज थापा
तेलवी, इजरायल । गैर आवासिय नेपाली संघ (एन आर एन) इजरायलको चुनावी माहोल तातिदै गएको छ ।
यस्तै इजरायलमा नजिकिदै गरेको एनआरएनको चुनावमा उमेद्धारी दिनेहरुको घुँईचो बढेको पनि उतिकै बढेको छ । यहाँको चुनावमा उमेद्धारी दिनेहरुको घुँईचो देख्दा त्यहाँ बस्ने नेपालीहरु अच्चम्मित भएका छन् ।
नेपालीबासीहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । जसमा प्रकाश पहिम लिम्बुले पनि आफ्नै प्रतिक्रिया दिएका छन् । उनी भन्छन्; चुनावमा उमेद्धारी दिनेहरुको घुँईचो बढेको देख्दा यस्तो लाग्छकी गैर आवासिय नेपाली संघ इजराईमा पैसाको बोट छ जहाँ पैसै पैसा फल्छ। नत्र समाज सेवानै गर्नको लागि हो भने यति सारो मरिहत्ते किन ? राम्रो काम गर्नलाई कुनै विशिष्ट पद नै ओगट्नु पर्छ भन्ने हुदैन हृदय सफा र फराकिलो भए जुनसुकै ठाँउमा रहेर पनि काम र समाज सेवा गर्न सकिन्छ ।
यस्तै प्रकाश पहिम लिम्बुले अगाडि भन्छन्;- कि बिगतमा कुनै राम्रो काम गरे बापत मनोनित गरेको भए पनि त ठिकै हो भन्नु तर यहाँ त कसैले तपाई भन्नु छैन सबै आफै मपाई भएको देखिएको छ ।