गैर आबासीय नेपाली संघ, साउदी अरबको दशौ बार्षिकोत्सब सम्पन्न

        
    साउदी अरब (अर्घाखाँचीडटकम) गैर आबासीय नेपाली संघ, साउदी अरबले  आफ्नो स्थापनाकालको दशौ बार्षिकोत्सब कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रमको  उदघाटन प्रमुख अथिति नेपाली राजदुतावासका  राजदुत डा. महेन्द्र सिंह राजपुतले गरेका थिए  भने  संघका  केन्द्रीय अध्यक्ष नारायण पासवानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा दुताबासका नियोग प्रमुख आनन्द प्रसाद शर्मा श्रम सहचारी अम्बिका प्रसाद अधिकारी प्रथम सचिब बिजय कुमार राउतले शुभकामना मन्तब्य दिएका थिए ।

यसै गरि गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका बैदेशिक रोजगार तथा अप्रवासी नेपाली कल्याण समितिका संयोजक धरम के. सी. संघका सस्थापक महासचिव एबम प्रबासी नेपाली मंचका प्रमुख सल्लाकार बिमल गौतम नेपाली जन सम्पर्क मंचका सभापति दिपक रेग्मी जन प्रगतिसिल मंचका अध्यक्ष कमल शाही लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रममा सांगठनिक तथा कार्य प्रगति विवरण बिशाल कुमार श्रेष्ठ  र आर्थिक प्रतिबेदन डम्मर कुमार याबदले प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्त्यमा गित, नृत्य, गजल, कबिता प्रस्तुत गरी मनोरंजन प्रदान गरिएको थियो ।

नारायण भट्टराईकको   स्वागत मन्तब्य र संघका महासचिव तेजबहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।