नेकपा एमालेको प्रबास संगठन प्रबासी नेपाली मंच; साउदी अरबको दम्माम क्षेत्रीय भेला सम्पन्न भएको छ ।
मंचका केन्द्रिय सचिब ऋषिराम भट्टराईको प्रमुख आथित्यमा भएको भेलाले बिभिन्न निर्णयहरु गर्दै दोश्रो क्षेत्रीय सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।
जसको अध्यक्षमा कमल खरेल उपाध्यक्ष्य जेन लामा सचिब याम बम्जन लामा सह सचिब किरण रेग्मी र प्रवक्तामा बुद्दिमान बिश्वकर्मा चयन भएका छन् । सदस्यहरुमा क्रमशः मेघराज भुसाल, विजय सोनाम, इश्वर तामांग रहेका छन । भेलाले सल्लाकारहरुमा गिरिराज खनाल, रामकृष्ण घिमिरे, ओम घले र मनोज ठाकुर रहेका छन ।
नबनिर्बाचित कमिटीलाई जी फन्ट प्रतिनिधि राज तामांग, अन्तराष्ट्रिय अर्घाखाँची सम्पर्क मंचका केन्द्रीय उपाध्यक्ष्य गिरिराज खनाल मंचका केन्द्रिय सदस्य राम कुवरले लगायतले बधाई तथा शुभकामना मन्तब्य दिएका थिए ।
कमल खरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत भाषण जेन लामा र संचालन भोला पौडेलले गरेका थिए ।