बाबु रोका मगर (दिल्ली)
“विर स्वाभिमानी नेपाली अघी बढौ नेपाली भाषा कला र संस्कृतिको बिकास नेपालीहरुको माझमा एकता र भाइचाराको सदभाव बढाऔ भन्ने उद्देश्य बोकी १३ अगस्त २०१७ आइतवार को दिन भारत को राजधानी दिल्ली स्थित प्रवासी नेपाली प्रेरणा समितिको आयोजनामा पाँचौ भब्य नेपाली साँस्कृतिक कार्यक्रम को आयोजना गरेको छ |
आयोजक ट्रस्टका अध्यक्ष बिष्णु प्रसाद पाण्डे र उपाध्यक्ष कासिराम आचार्यले भन्नु भयो प्रवासमा कैयौ पटक आम नेपाली समुदायको बिचमा नेपाली लोक साँस्कृतिक बिभिन्न कार्यक्रमहरू भएपनि प्रवासी नेपाली प्रेरणा समितिको आयोजनामा हुन लागेको कार्यक्रमको महत्व भने बेग्लै हुनेछ।
उक्त कार्यक्रम मा नेपाली लोक दोहोरीका राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू पुष्कल शर्मा, कला लम्साल, शितल शर्मा लगायत अन्य स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने छ | यसका साथै नेपाली देशभक्त आवाज र कियर फर क्युर को संयुक्त सहयोगमा निशुल्क स्वाश्थ्य परिक्षण शिविर पनि गराइने भएको हुदा उक्त कार्यक्रममा भारतबासी सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाइ तथा दिदिबहिनी हरुलाई उपस्थिती भई सो कार्यक्रम लाई भब्यताका साथ सफल बनाइदिनुहुन को लागी प्रवासी नेपाली प्रेरणा समितिले हार्दिक अनुरोध गरेको छ |
कार्यक्रम हुने स्थान :- शिव मन्दिर (गुफा वाला) सकुरपुर न्यु दिल्ली
सम्पर्क:- बिष्णु प्रसाद पाण्डे +91 987105433
कासिराम आचार्य +91 9810941808