कोरियामा नेपाली सम्पर्क समितिको १६औ अधिवेशन सम्पन्न, अध्यक्षमा अन्जू केसी ( तस्बिर)

सुन्दर पन्थी 
दक्षिण कोरिया । सम्पूर्ण कोरियाको छाता संस्था नेपाली सम्पर्क समिति एनसिसीको १६औ अधिवेशन सम्पन्न भएको छ । 
अधिवेशनले अध्यक्ष पदमा  बुटबलकी अन्जू केसी र महासचिव अर्घाखाँचीका निमल कूमार बेल्वासे निवाचित गरेको छ । 
कोरियामा राजदूतावास खोल्नु भन्दा पहिले स्थापना भएको यस संस्थाको श्रावण १५ गते अर्थात ३० जुलाई  तारिक  सम्पन्न अधिवेशनको उपाध्यक्ष पदमा प्रकाश ढुगाना, सचिव कृष्ण बस्याल, कोषाध्यक्ष राजकुमार स्याड़ताड़, कोषाध्यक्ष बिष्णु प्रसाद घिमिरे निवाचित भएका छन् । 
 
बिशेष गरेर कोरियाको चाडपबमा बिभिन्न संस्थालाई सांस्कृतिक कार्यक्रम चिठ्ठा कार्यक्रम बाडफाड हुने गर्द्छ । यस्तै समितीले कोरिया स्थित नेपाली राजदूतावाससगै सहकायॅ गदै कोरियाका सम्पूर्ण नेपालीलाई दुखमा सहयोग गने प्रतिबद्धता गरेको छ।