हेल्थ असिस्टेण्ट संघ स्याङजाद्धारा डा. अमृत पोख्रेललाई स्वागत

विक्रम पाण्डे समान्ता
स्याङजा ।   हेल्थ असिस्टेण्ट संघ जिल्ला कार्य समिति स्याङजाको आयोजनामा केही दिन अघि जिल्ला स्वाश्थ्य कार्यलय स्याङजा प्रमुखको रुपमा आउनु भएका डा. अमृत पोख्रेललाई  एक कार्यक्रमको विच संघले स्वागत गरेको छ । 
   कार्यक्रममा हेल्थ असिस्टेण्ट संघ जिल्ला कार्य समिति स्याङजाका अध्यक्ष प्रकाश परियारको अध्यक्षता , जिल्ला स्वाश्थ्य कार्यलय स्याङजका प्रमुख डा. अमृत पोखलको प्रमुख आतिथ्यतामा स्वागत कार्यक्रम सम्पन्न भएको हो ।
   कार्यक्रममा जिल्ला अस्पताल स्याङजाका डक्टर रन्जु पोख्रेल , जन स्वास्थ्य अधिकृत रामचन्द्र अर्याल , शाखा अधिकृत गणेश प्रसाद ढकाल , शाखा अधिकृत मित्र अर्याल, लेखापाल नारायण पोख्रेल ,  लगायतको उपस्थिती रहेको थियो । 
   कार्यक्रममा प्रमुख अतिथी पोख्रेलले स्वास्थ्य क्षेत्र जस्तो संबेदनशिल क्षेत्र रहेकोले कसैले पनि आप्ःनो स्वास्थ्यलाई हेल चेक्राई गर्न नहुने बताउदै आफु विरामीको सेवामा दिनरात नभनी लाग्ने बताएका थिए । 
कार्यक्रममा हेल्थ असिस्टेण्ट संघ जिल्ला कार्य समिति स्याङजाका अध्यक्ष प्रकाश परियारका साथै कार्यक्रममा बोल्न बक्ताले डा. अमृत पोख्रेललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । साथै आप्ःनो संघको जहिले पनि सहयोग रहने बताएका थिए ।  
  कार्यक्रम हेल्थ असिस्टेण्ट संघका उपाध्यक्ष नाराजन लामीछानेको स्वागत मन्तब्य र सञ्चालन संघका सचिव कुल प्रसाद तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु