पशुपति श्रेष्ठ
काठमाडौँ साउन २९ गते आइतबार (अर्घाखाँची डट्कम) । बिश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरबद्वारा लाल बहादुर थापा क्षेत्रीको एकल कृति ” बगालेका गजलहरु” नामक गजल संग्रह बिमोचन कार्यक्रम सम्पन्न गरेको छ।
मातृभुमी र प्रदेश देखि प्रेम र बिछोड सगै हरेक ब्यक्तिहरुको वास्तविक जिबन गाथालाई सम्म समेट्न सक्ने उक्त गजल संग्रह विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदिका अध्यक्ष बालकृष्ण पौडेलको सभापतित्व तथा साउदी अरब स्थित नेपाली राजदुतावका प्रतिनिधि अम्बिका अधिकारी को प्रमुख आतिथ्यता दुताबास परिवारकै बिजय रावत को बिशेष आतिथ्यता विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त पुस्तक बिमोचन कार्यक्रम प्रमुख अथिति अम्बिका अधिकारि र महासंघका अध्यक्ष बालकृष्ण पौडेलले सयुक्त रुपमा दिप प्रज्वलन गरेर उदघाट्न गर्नुभएको थियो ।
संस्थाका महासचिव बिमल बजगाईको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा अध्यक्ष पौडेलले क्षेत्रीको एकल गजल संग्रह ” बगालेका गजल” कृतिको समिक्षा गर्दै बधाई संगै प्रगतिको शुभकामना दिनुभएको थियो भने संस्थाका सल्लाहकार बाबुलाल बुढा र कमल साही निर्मलले सस्था ले गर्दै आईरहेका क्रियाकलाप को बारेमा प्रष्ट पार्नु भएको अध्यक्ष पौडेलले अर्घाखाँची डटकमलाइ जानकारी दिनु भयो ।
बिच बिचमा साहित्यिक वाचन र साङ्गितिक आवाजहरु संगै कार्यक्रम निकै रोमाञ्चक भएको थियो ,भने उपस्थित अतिथिगणहरु बाट पनि गजलकार लाल बहादुर थापाक्षेत्री लाई तथा “बगालेका गजलहरु” एकल कृतिको सफलताको शुभकामना तथा बधाइ दिएका थिए ।
त्यस्तै गरि बरिस्ठ कलाकारहरुले गितसंगित र नृत्यले कार्यक्रमलाइ थप रौनकता ल्याएका थिए,
यसै गरि विश्व नेपाली साहित्य महासङ्घ दमाम क्षेत्रीय उपशाखाका अध्यक्ष दिपेन्द्र खड्का सहितको टोलिको उपस्थित पदाधिकारी द्वारा आफ्ना सृजना प्रस्तुत गरेका थिए।
बगालेका गजलहरु बिमोचन कार्यक्रम ” अलमराइ संगित समर्पण र सृजना साँस्कृतिक समुहको बृहत सहकार्यमा सञ्चालित कार्यक्रमको सञ्चालन निर बहादुर सुनारले गरेका थिए ।