डेनमार्कमा “अर्गानिक तीज साँझ २०१७” अायोजना


कृष्ण खनाल
तीज महिला हरुको लोकप्रिय नेपाली चाड हो। नेपालमा बस्ने नेपाली मात्र नभएर बिदेस मा बस्ने नेपाली महिला हरु तीज राम्रै मनाउने गर्दछन। पहिला भन्दा हाल आएर तीज ले एउटा बिक्रिती ल्याउन थालेको छ ।
तीजमा कतिपये   महिला दिदी बहिनी हरुले ज्यादा तडक भडक देखाउने , गहना को प्रस्तुती को प्रतिस्प्रदा गर्ने अरुको भेस्भुसा र गहनाको कुरा कात्ने आदी कृयाकलाप बढाउन थालेका छन । महिला हरुको आपसी मेलमिलाप र मनोरन्जन दियी नेपाली सस्कृतिलाई बढावा दिने यो पर्व बिदेस्मा बस्ने नेपाली दिदि बहिनी हरुको लागि प्रतिस्पर्दा र चुनौती हुन थालेको छ । तर डेन्मार्क को कोपेन्हगेन मा भने यो परम्परलाई निरुत्साहित गर्न क्रिएटिव उमेन ग्रुप भन्ने नेपाली दिदी बहिनिको सस्थाले गजब्को तीज को कार्यक्रम आयोजना गर्‍यो। अर्गानिक तीज , हजुर यो कार्यक्रम मा नेपाली दिदी बहिनी ले फल्फुल र तरकारी बाट बनेका गहना हरु लगएर र्याम्प मा हिंड्नु पर्ने छ।
‘स्वस्थ शरीर सुखी जीवनको एउटा मुख्य आधार हो, त्यसैले स्वस्थ रहाैँ र सुखी बनाैँ’ भन्ने मूल संदेशका साथै नेपाली महिलाहरुको बिशेष रचनात्मक क्रियाकलाप र नेपाली कलासंस्कृति झल्कने प्रस्तुतिहरुका साथ क्रीएटीभ नेपलिज वोमन इन डेनमार्कले “अर्गानिक तीज साँझ २०१७” अायोजना गरेको हो ।
अगस्त ११ तारिक डेन्मार्क को कोपेन्हगेन मा भएको उक्त कार्यक्रम मा नेपाली दिदी बहिनी को साथै केही बिदेसी नागरिक को पनि उपस्थिती रहेको थियो ।
११ अगस्त २०१७ मा भएको उक्त कार्यक्रम मा नेपाली तथा बिदेसी गरी धेरै दिदी बहिनिहरुको उपस्थिती रहेको थियो।
नेपाली महिला दिदी-बहिनिहरुले कलात्मक तरिकाले फलफुल, तरकारी,गेडागुडी, फुल, मसला आदिबाट तयार पार्नुभएका विभिन्न गर-गहना, पहिरन आदि प्रस्तुत गरिने छ, आयोजक संस्थाकी मीना पाैडेल घिमिरेले जानकारी दिइन् ।
कार्यक्रम बाट संकलन हुने सम्पूर्ण रकम नेपालमा असहाय ब्रिद्ध-ब्रिद्धाहरूलाई जाने पनि जानकारी गराइन् ।
कार्यक्रम को मुख्य आकर्षण रहेको अर्गानिक र्याम्पमा डेनमार्कमा रहेका साथै परम्परागत तीज भाका र नृत्य का साथमा मनोरन्जनात्मक प्रस्तुतिहरु रहने बताइएको छ ।