बाबु रोका मगर
दिल्ली | भारतको राजधानी दिल्ली स्थित नेपाली प्रेरणा समितिले तिज भब्य रुपले मनाएको छ |
कार्यक्रममा मुख्य अतिथि नेपाली राजदुतावास बाट काउन्सलर कृष्ण पन्त ज्यु को उपस्थिति रहेको थियो भने अन्य विभिन्न नेपाली संघ संगठन र भारतीय बरिष्ठ नागरिकहरुको पनि उपस्थिति रहेको थियो | यसैगरी उक्त कार्यक्रममा नेपाली लोक दोहोरीका राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू पुष्कल शर्मा, कला लम्साल, शितल शर्मा लगायत अन्य स्थानिय कलाकारहरुले पनि आ-आफ्नो बेजोड प्रस्तुती दिएका थिए |
गायक पुष्कल शर्माले “म मरेको छैन” भन्ने बोलको गित गाउदा गाउदै आफु रोए अनि दर्शकलाई पनि रुन बाध्य बनाए त्यहाको माहोल पुरै भाबुकताले स्तब्द रहेको थियो त्यसपछि पुष्कल ले “मायाले दिल जलायो” बोलको गित बाट रमाइला गितहरु गाएर उपस्थित दर्शकहरुलाई भरिपुर्ण मनोरंजन दिन सफल रहेका थिए भने अन्य कलाकारहरु ले नृत्य प्रस्तुत गरेर सुनमा सुगन्ध छरेका थिए भने गायिका तथा उद्घोषिका शितल शर्मा र गायिका कला लम्सालले पनि आफ्नो कला को राम्रो प्रस्तुति दिएकि थिइन् शितल ले पानि जहाज र नमुना जोडीको गितले मंच तताएकि थिइन् ।
उक्त कार्यक्रममा दिल्लीमा स्थापना गरिएको सामाजिक संस्था नेपाली देशभक्त आवाज र कियर फर क्युर को संयुक्त सहयोगमा निशुल्क स्वाश्थ्य परिक्षण शिविरमा पनि स्वास्थ्य परिक्षण गराउएहरुको भिड लागेको थियो यसका साथै नेपाली देशभक्त आवाज र कियर फर क्युर ले आउदो २४ अगस्त हरितालिका तिजको दिनमा पनि निशुल्क स्वास्थ्य शिविर राखिएको जानकारी यसै समाचार मार्फत सम्पूर्ण लाइ जानकारी गराएको छ ।
कार्यक्रम मा विभिन्न ठाउ बाट पत्रकारहरुको उपस्थिति रहेको थियो सो कार्यक्रमको अध्यक्षता बिष्णु पाण्डेले गरेका थिए भने कार्यक्रम संचालन गायिका शितल शर्मा ले गरेकी थिइन् ।