तेज थापा
साउदि अरब गैर आवासीय नेपाली संघ साउदी अरबले बाढि पिडितहरूका लागी ५ दिन मै चार लाख छ हजार दुइसय पाँच रूपैया (४०६,२०५) सहयोग जुटाउन सफल भएको छ ।
११ अगस्ट, २०१७ राति परेको अविरल वर्षा र भीषण बाढिले नेपालका बिभिन्न जिल्लाहरूमा पुर्याएको जनधनको क्षति प्रति गम्भिर बनि एनसिसि साउदी अरबले तत्कालै आकास्मि साइवर कन्फ्रेन्स बैठक बोलाएको थियो । बैठकबाट अभियान समिति गठन सहित माताहातका सबै क्षेत्रिय तथा स्थानिय समन्वय समितिहरूसँग समन्वय गर्दै एनआरएनए कर्मीहरूलाइ सहयोगमा जुट्न आव्हान गरिएको थियो ।
सहयोग संचालन गरेको ५ दिनमा संकलन भएको जम्मा रकमको समिक्षा गर्न गत शुक्रवार अर्को साइबर बैठकक बोलाइएको थियो । बैठकमा संस्थामा आवद्ध सदस्यहरू मध्यका केही सदस्यहरूको गाउ वस्ति बाढिबाट पुर्ण रूपमा क्षेतिग्रस्त भएको र रकम पिडित एनआरएनए सदस्यहरूलाइ सहयोग दिनुपर्ने चर्को बहस भएता पनि संस्थाको माथिल्लो निकाय एनआरएनए आइसिसिको निर्देशनलाइ पूर्ण रूपमा पालना गर्दै संकलित सबै रकम (रू. ४०६,२०५) NRNA CHARITY FUND को बैंक खाता नम्बर ०६२५०००००१४४ (062500000144) मा पठाउने निर्णय गरेको हो । अभियान सहज र पारदर्सिरूपमा संचालन गर्नका लागी गठित सहयोग समितिका संयोजक तथा एनसिसि साउदीका उपाध्यक्ष ध्रुब कुमार रिजालले हिजो बिहान संकलित सबै रकम एकमुष्ठ NRNA CHARITY FUND मा जम्मा गरिदिनुभएको छ ।
“परोपकार र उपकार एनआरएनए साउदीको संस्कार” भन्ने सिद्धान्तलाइ अंगिकार गर्दै आइ रहेको एनआरएनए साउदी अरबले पूनः एक उधारतालाइ व्यभारमा कार्यन्वयन गरि छर्लङ्ग पारिदिएको छ । संस्थामा आवद्ध सदस्यहरू बाढि पिडित हुदाहुदै पनि आफ्ना सदस्यहरूको गास काटि सबै रकम नेपालमा बाढि पिडितहरूका लागि बिप्रेशष गरि पठाइदिएको छ ।
जसरि आफ्न पञ्जिकृत सदस्यहरू बाढिबाट प्रत्यक्ष पिडित हुंदा हुदै पनि “नेपालीका लागी नेपाली” भन्ने संस्थाको मूल मर्मलाइ आत्मसाथ गर्दै संकलित सबै संस्था माथिल्लो निकाय आइसिसिको अभियानमा हातमा हात साथमा साथ जोडि अघि बढ्ने एनसिसि साउदीले कठोर निर्णय गर्यो, त्यसैगरि बिप्रेषण गरि एनआरएनए च्यारिटि फोन्डमा जम्मा गरिएको रकमबाट नेपालमा बाढि प्रभावित पिडितहरूले अभिलम्ब रहात र सहयोग पाउने अपेक्षा गरेको छ ।
एनआरएनए आइसिसिले निर्दिस्ठ गरेका हरके कार्यक्रमहरूमा एनसिसि साउदीले सधैव एक कदम अघिबढि अभियान सफल पार्न कुनै कसर बाकि राखेको छैन स्मरण रहोस २०७२ सालमा आएको महाभुकम्प पिडितिहरूका लागी आइसिसिले चलाएको सहयोग अभियानमा एनिसिसि साउदीले उनान्तिस लाख रूपैया बढि रकम जुटाउन सफल भएको थियो ।