यूवराज थापा
इजरायल । गैर-आवासीय नेपाली संघ समन्वय परिषद्को (एनआरएनए-एनसीसी) इजरायलको ०१७-२०१९ कार्यकालको लागि सम्पन्न निर्वाचनमा छिरिङ शेर्पाको सम्पूर्ण प्यानल अत्याधिक वहुमतले विजय भएको छ ।
तेल अभिबको केन्द्रिय बसपार्कको तेस्रो तला स्थित एभरेस्ट हलमा विहानकरिव ९ बजेदेखि साँझको ५ बजे सम्म भएको निर्वाचनमा आइसीसी सदस्य पदका उमेद्वार दिपक ओलीले उनका प्रतिद्वन्दी मञ्जु (नेहा) गुरुङका विरुद्द ४४४ मतका साथ विजय भएका छन् । मञ्जु (नेहा) गुरुङले मात्र २३४ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै अध्यक्षमा छिरिङ शेर्पाले उनका प्रतिद्वन्दी विमला (नितु) खतिवडालाई २३४ का विरुद्द ४४८ मतले विजय भएका छन् । त्यस्तै क्रमश बरिष्ठ उदाध्यक्ष पदकी उम्मेदवार सिता बिष्टलाई शान्ता अधिकारी ज्ञवालीले २०७ मतका विरुद्द ४३४ मतले विजय प्राप्त गरेकी छिन । उपाध्यक्ष पदकी उम्मेदवार भृकुटी बानियाँलाई २८८ मतका विरुद्द गोपी (उमा) गुरुङले ४९४ मतले विजय भएकी छन् । त्यस्तै महासचिवमा तेन्जिङ शेर्पाले जीवन लिम्बु सुब्बालाई २०७ का विरुद्द ४४८ मतले विजय प्राप्त गरेका छन् ।
त्यसैगरी सचिव पदकी उम्मेदवार तारा देबी ढकाललाइ निर्मला गुरुङले १६३ मतका विरुद्द ४६९ मतले विजय प्राप्त गरेकी छन् त्यसै गरी सह-सचिब पदकी उम्मेदवार नुतन भुसाललाई रुकमाया रेग्मीले २०४ मतका विरुद्द ४३६ मतले विजय हासिल गरेकी छन् । त्यस्तै सह-कोषाध्यक्ष पदकी उम्मेदवार सावित्रा कुमारी घिमिरे लुइँटेलले शोभा लोहनीलाई १८८ मतका विरुद्द ४५३ मतले विजय प्राप्त गरेकी छिन् ।
शेर्पाको प्यानलबाट कोषाध्यक्ष पदकी उमेदवार कादम्वरी श्रेष्ठ दाना, महिला उपाध्यक्ष पदकी उमेदवार सुजाता गौतम, पुरुष प्रतिनिधी नारायण थापा, महिला प्रतिनिधी लिला थापा मगर, सदस्यहरु सुष्मा शाही, सानु खतिवडा, निलम गिरी र सावित्री खड्का यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
विजय टोलीलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरेको छ भने उम्मेदवारहरुलाई निर्वाचन संयोजक सुवास खरेलले आजै पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका छन् ।
त्यस्तै निर्वाचन पर्यवेक्षक तथा विशेष अतिथी नेपाली राजदूतावासका प्रथम सचिव हरिहर कान्त पौडेलले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई वधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
सपथ ग्रहण पश्चात प्रतिक्राया दिदै विजयी उमेदवारहरुले सम्पूर्ण इजरायलीवासी नेपालीहरुलाई धन्यवाद ज्ञापन गर्दै आफूहरुलाई वढि जिम्मेवारी सुम्पििएको महसुस भएको बताएक छन् ।