यूवराज थापा
तेलभिभ, इजरायल । इजरायलमा रहेका सम्पूर्ण संघ सस्थाहरुको संयुक्त आयोजनामा एतिहासिक सामुहिक तिज धमाका २०७४ युनिभर्सिटि तेलभिभमा भब्य रुपमा सम्पन्न भएको छ ।
नेपालि नारीहरुको महान पर्व हरितालिका तिज ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु चर्चित लोक गाएक वद्री पंगेनी चर्चित लोकगायिका कालिका रोका मगर चर्चित लोकगायिका भूमिका गिरि हास्य कलाकार सुजित थापाको धमाकेधार मनोरंजत्मक प्रस्तुतिमा साथमा इजरायलमा कार्यरत रहनुहुने स्थानीय कलाकारहरुको बिजोड प्रस्तुतिमा तिज कार्यक्रम सम्पन्न भएको थियो ।
तेलभिभ शहरको युनिभर्सिटि हलमा इजरायलमा रहनुहुने सम्पूर्ण २८ संघ सस्थाहरुको संयुक्त आयोजनामा एतिहासिक सामुहिक तिज २०७४ भब्य रुपमा मनाएका छन ।