केशब पोखरेल
दक्षिण कोरिया | “लुम्बिनीको गौरब अर्घाखाँचीको सान लुम्बिनि घर स्थापनार्थ हाम्रो अभियान” भन्ने मुल नाराका साथ अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले यहाँको मुख्य पर्ब छुसकको अबसरमा आयोजना गर्न लागेको “सुपादेउरालि सांस्कृतिक सौगात भाग 1” मा आफ्नो बेजोड प्रस्तुति देखाऊनको लागि नेपाल आईडलका चर्चित गायक सुरज थापा कोरिया आऊन लागेका हुन |
आगामि अक्टोबर 5 तारीकका दिन हुने ऊक्त कार्यक्रममा थापाका साथमा चर्चित लोकगायक रामजी खांण, लोकगायीका सम्झना लामिछाने मगर, हाँस्य कलाकार दिनेश काफ्ले, चर्चित डान्सर रश्मि तामाङको पनि बेजोड प्रस्तुति रहने आयोजक समितिले जानकारि गराएको छ | कार्यक्रम सफल पार्नको लागि अहोरात्र लागीपरेको मन्चका सहकोषाध्यक्ष टिकाराम पोखरेल ले जानकारि दिए| उनले भने “कार्यक्रम सफल पार्नको लागि कामको बाडफाँड गरि हामि लागि परेका छौं, कार्यक्रम सफल पार्नु नै हाम्रो लागि गौरबको कुरा हुनेछ”|
कोरियामा रहेका सम्पुर्णआदरणिय नेपालि दाजु भाई तथा दिदी बहिनिहरुलाई, ऊक्त कार्यक्रममा ऊपस्थित भई मनोरन्जन लिनका लागि बिशेष अनुरोध समेत मन्चले गरेको छ |