दशैं नजिकिदै गर्दा उपत्यकाकामा किनमेल गर्नेको चहलपल सुरु

नेपालीहरुको महान चाड दशैं नजिकिदै गर्दा उपत्यकाकामा पनि दशैंको किनमेल गर्नेको चहलपल सुरु भएको छ ।
दशैं, जसोतसो गरी राम्रो लाउने, मीठो खाने पर्व हो । त्यसैले सर्वसाधारणहरु आवश्यक सामग्रीहरुको जोहो गर्न जुटिसकेका हुन् ।
दशैंको रौनक सुरु भएसँगै बजारमा खाद्यवस्तुदेखि लत्ता कपडा, श्रृङ्गारका सामाग्रीहरुको समेत मूल्य अकाशिन थालिसकेको छ । दशैंको बेला सहुलियत दरका पसल खुल्नेदेखि छुटको नारा समेत खुबै सुनिने गर्दछ । तैपनि सर्वसाधारण चाडवाडको बेला झनै बढी मूल्य चुकाउनु पर्ने तीतो यथार्थ रहेको छ ।
चाडवाडकै मौका पारेर कालोबजारी गर्नेहरु पनि जुर्मुराउने गर्दछन् भने अत्यावश्यक वस्तुको मूल्य निश्चित नहुँदा सर्वसाधारणहरु चर्को मारमा पर्ने गरेका हुन् । इमेजखबरमा समाचार छ ।