इजरायलमा बडा दशैँको अवसर पारेर दशैँ गोल्ड कप-२०१७ को आयोजना हुने

यूवराज थापा 
तेलाभिव इजरायल । इजरायलमा रहेका सम्पूर्ण नेपाली तथा नेपाली भाषीहरु बिच एक अर्कामा भातृत्वको बिकास,स्वास्थ र मनोरञ्जनको लागि फुटबल’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको फुटवल प्रतियोगितालाई स्थानीय नेपाली क्लब सम्सरा युथ क्लब र इस्ट स्पोर्टिङ क्लबले मुख्य आयोजना गर्ने भएको गोल्डकप आयोजक संयोजक आङछिरिङ शेर्पा र सागर तुम्बापोले जानकारी दिनुभएको छ ।

आयोजकका अनुसार यो पल्ट सहभागी रहने फुटवल टिमहरु र खेल तालिका यस्तो रहेको छ :-
आयोजकका अनुसार स्थानीय ६ वटा नेपाली फुटवल टिमहरु  सहभागी हुने प्रतियोगितामा – १३०० सेकेल दर्ता शुल्क राखिएको छ भने प्रतियोगितामा प्रथम, र दोश्रो हुनेलाई ३५०० सेकेल र २००० सेकल  साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ | यस्तै म्यान अफ द म्याचका ट्रफीहरु अनुशाशीत टिम, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट खेलाडी अफ द टूर्नामेन्ट, उच्च गोलकर्तालाई कप, प्रमाणपत्र र हरेक सहभागी टिम प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
इजरायल स्थित वोल्सोन फुटबल मैदान, ह-लोखामिम स्टेट ८ मा यहि सेप्टेम्बर १५ शुक्रबार हुन लागेको प्रतियोगितामा भाग लिन जाने फुटवल टिम, खेलाडी तथा समर्थकहरुलाई जान आउनको लागी यातायातको व्यवस्था गरिएको बताइएको छ | बस बेलुका ४ बजेलेबिन्सकी पार्कबाट छुट्ने पनि जानकारी गराइएको छ ।
इजरायलमा रहेका सम्पूर्ण फुटवल प्रेमी तथा बिभिन्न संघ सस्था, मिडियाकर्मी साथिहरुलाई प्रतियोगिता सफल बनाउन भरपुर सहयोग गर्नहुन पनि आयोजकले विनम्रताका साथ अनुरोध गरेको छ ।