यूवराज थापा
तेलभिव इजरायल । गैर आवाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अक्टुवर १४ देखि १७ सम्म काठमाण्डौमा सम्पन्न हुन गइरहेको आठौं महाधिवेशनमा म दीपक प्रसाद ओलीले युवा संयोजकमा उम्मेद्वारी दिने निश्चय गरेक छन् ।
विश्वका विभिन्न मुलुकबाट पर्यबेक्षक,प्रतिनिधि तथा मतदाताका रुपमा उपस्थित हुनु हुने सम्पुर्ण महानुभावहरुमा भोटको लागि हार्दिक अपिल गरेका छन । उहाले सम्पूर्ण तपाइँहरुले अमूल्य मत दिएर दिपक ओलीलाई युवा प्रतिनिधिको रुपमा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदमा रहेर जिम्मेवारी पूरा गर्ने अवसर दिनु हुनेछ भन्ने भरोसाका साथ उम्मेद्वारी दर्ता गराउने बताउनु भयो । “युवा संयोजकमा यो पालीलाई, हजुरहरुको अमूल्य मत दीपक ओलीलाई भनेर शीर्षक दिनु भएको छ ।