गुल्मीको रेसुंगा भगारी खोलामा जिप दुर्घटना, एकजनाको मृत्यु

गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर-११ भगारी खोलामा शनिबार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा रेसुंगा नगरपालिका-३ का बाबुराम पन्थी रहेका छन् ।
जिपचालक इस्मा गाउँपालिका-२ का डम्बर कुँवर गम्भीर घाइते भएका छन् । उनको तम्घास अस्पतालमा उपचार भइरहेको छ ।
जिप सडकबाट करिब २५० मिटर तल खसेको बताइएको छ ।
बुटवलबाट गुल्मी आउँदै गरेको बा११च ८८०३ नम्बरको जिप दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको गुल्मी प्रहरीले जनाएको छ । जिपमा दुईजनामात्र थिए । इमेजखबरमा समाचार छ ।

अन्य समाचारहरु