बडादसैंका लागि पोखरामा यसपटक झन्डै २४ हजार भेडा-च्याङ्ग्रा भित्र्याइए

नेपालीहरुको महान् चाड बडादसैंका लागि पोखरामा यसपटक झन्डै २४ हजार भेडा-च्याङ्ग्रा भित्र्याइएका छन् ।
विगत वर्षहरुमाझैं यसपटक पोखरामा पर्याप्त मात्रामा मुस्ताङ, डोल्पा, मुगु, चीनबाटसमेत भेडा-च्याङ्गा ल्याइएको छ ।
एउटा भेडा तथा च्याङ्ग्राको मूल्य औसत २२ हजारदेखि २९ हजार रुपैयाँसम्म रहेको व्यवसायी बताउँछन् ।
यस वर्ष पोखरामामात्रै ६० करोड रुपैयाँ बराबरको भेडा-च्याङ्ग्राको कारोबार हुने अनुमान गरिएको छ ।
भेडा-च्याङ्ग्रा ल्याउँदा लाग्ने कर तथा बाटोमा मर्ने र चोरीसमेत हुने भएकाले महँगो भएको व्यापारी बताउँछन् ।
४ हजार च्याङ्ग्रा पोखराबाट काठमाडौं लगिएको व्यापारी बताउँछन् ।
अघिल्लो दुई वर्षको तुलनामा यसपटक पोखरामा भेडा-च्याङ्गा बढी भित्रिएका छन् । व्यापारीकाअनुसार भेडाच्याङ्ग्रा पोखरा ल्याउन करिब १८ दिन लाग्छ ।
पोखरा भित्रिएका च्याङ्ग्राहरु स्याङजा, तनहुँ, लमजुङ, पर्वत, गोरखामा बिक्री हुने गरेको जनाइएको छ । इमेजखबरमा समाचार छ ।