साउदी अरबको अल्मराई नेपाली समाजले विजयादशमीको को उपल़क्ष्यमा एउटा भब्य सांगितिक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
अल्मराई कम्पनीको आफ्नै मैदानमा सम्पन्न भएको कार्यक्रममा साउदी अरबका लागि नेपाली राजदुत प्रो. ड़ा. महेन्द्र प्रसाद सिंहले केक काटेर कार्यक्रमको उदघाटन गरेका थिए ।
कार्यक्रमको सुरुमा आयोजक समुह र युनिक गोर्खाली समुह बीच भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो भने खेल युनिक गोर्खाली समुहले जितेको थियो । बिजेता समुह लाई शिल्ड, कप र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
रामकृष्ण सेठ्ठीको अध्यक्षतामा भएको कार्यक्रममा राजदुतावास परिबार, संघ सस्थाका प्रतिनिधिहरु र त्यहाँ कार्यरत नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा बिज्ञान राई ,नागेस तामांग , रबिन सुब्बा, अमर श्रेष्ठ, निर बहादुर सुनार, रोम लामा लगायतले सुमधुर स्वरमा गित प्रस्तुत गरेका थिए भने बिमल गौतमले कबिता र गजल प्रस्तुत गरि थप मनोरंजन प्रदान गराएका थिए ।
बशन्त राइले संचालन गरेको कार्यक्रममा अमर श्रेष्ठले स्वागत मन्तब्य दिएका थिए ।
उपस्थित सबैलाई स्वादीष्ट भोजन गराई बिदा गरिएको थियो ।