प्रेमनारायण आचार्य
अर्घाखाँची ३१ असोज । काठमाण्डौको कमलादीमा कर्पोरेट कार्यालय रहेको सन नेपाल लाईफ इन्स्योन्स कम्पनि लिमिटेडले वुटवलमा आफ्नो व्यवसाय शुभारम्भ तथा शाखा उद्घाटन गरेको छ ।
हास्य कलाकार सिताराम कट्टेल धुर्मुसको हात बाट रिवन काटेर व्यवसाय शुभारम्भ तथा शाखा उद्घाटन गरिएको हो । कम्पनिका ब्राण्ड एम्वेस्टर राष्ट्रनिर्माणमा समर्पित कलाकार तथा समाजशेवी सिताराम कट्टेल-धुर्मुस ले बिमा हरेक मानिसको लागी आवश्यक रहेको र यसले भविष्यमा आइपर्ने जोखिमको अर्थिक सहयोगमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । विमा आफ्नो परिवार तथा बालबच्चाका लागी आफ्नो अभावमा खड्किन सक्ने आर्थीक भारलाइ काम गर्नेहुदा सम्पुर्ण नागरिक लाइ विमाको आवश्यकता रहेको औल्याउनु भएको थियो । सामाजिक क्षेत्रमा तल्लीन धुर्मुसले विपतमा परेका लाई सहयोग गर्नु हामी सबैको कर्तव्य भएको समेत बताउनु भयो ।

रौतहटमा बन्दै गरेको बाडी पिडीतहरुको एकिकृत बस्तीको बारेमा प्रष्टायाउदै उक्त काममा सबैको सहयोगको लागी समेत अपिल गर्नु भएको थियो । कार्यक्रमका अध्यक्ष तथा कम्पनिका महाप्रबन्धक कमलराज गौतमले कम्पनिको स्थापना र बिमाका फाइदाहरु औल्याउदै शन नेपाल लाईफ लाइ अगाडी बडाउन सबैको साथ आवश्यक रहेको कुरा औल्याउनु भएको थियो । कार्यक्रममा अभिकर्ताको तर्फ बाट नारायण बेल्बासे र कर्मचारीको तर्फबाट अर्घाखाँची उप शाखा प्रमुख मिना बस्याल भट्टराइले मन्तव्य राख्नु भएको थियो ।
कम्पनिको उद्घाटन समारोहमा मनत्व्य राख्दै कम्पनिका साहायक महाप्रबन्धक किरण गौतमले सहभागी लाइ स्वागत तथा बिमा क्षेत्रको महत्वको बारेमा प्रष्ट्याउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी तथा कम्पनिका महाप्रबन्धक कमलराज गौतम अध्यक्षता सिताराम कट्टेलको प्रमुख आतिथ्यता र कम्पनीका मुख्य बजार व्यवस्थापक राजु के सी को बिषिष्ट आतिथ्यता रहेको कार्यक्रम वुटवल शाखाका शाखा प्रमुख माधव प्रसाद पौडेलले सञ्चालन गर्नु भएको थियो ।