पर्वत युवा सेवा समाज कतारको भलिबल खेल सम्पन्न

टेक राज थापा
कतार।  दिपालीको पावन अवसरलाई लक्षित गर्दै निस्वार्थ सेवामा हाम्रो पर्बत राम्रो पर्बत भन्ने मुल नाराका साथ अगाडि बढिरहेको पर्बत युवा सेवा समाज कतारले खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ।१९ अक्टोबर २०१७ का दिन सनैया स्थित स्ट्रेट नम्बर ४१ मा रहेको एनखालिद सिमेन्टको कम्पाउन्डमा सुरु भएको उक्त खेलमा कतारमा स्थापित संघ सस्थाका प्रमुखहरु तथा खेल प्रेमी नेपाली दाजुभाईहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । 
खेलमा विभिन्न समुहबाट १४ टिमको सहभागीता रहेको थियो। खेलखेल्ने क्रममा आयोजक टिम’ पर्बत ए’ प्रथम ,’पर्बत बि’ दोस्रो र मगरसंघ कतार तेस्रो स्थान हासिल गर्न सफल भएका छन । कतारमा विभिन्न समयमा भलिबल प्रतियोगिता खेलको आयोजना हुदै आएका छन तर यसरी आयोजना गरिएका खेलहरु मध्य यसपटकको खेल निकै अनुशासित मर्यादित र शान्ति पुर्ण रुपमा सम्पन्न भएको छ।
बिजेता खेलाडीहरुलाई प्रथम पुरस्कार कतारी रियाल २५००, दोस्रो पुरस्कार १५००, तेस्रो १०००, मेडल सिल प्रमाण पत्र प्रदान गरिएको थियो ।
उक्त खेलमा बिजेता खेलाडीहरुलाई प्रथम पुरस्कार कतारी रियाल २५००, दोस्रो पुरस्कार १५००, तेस्रो १०००, मेडल सिल प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रम सस्थाका अध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि पर्बत निवासी कतारमा सफल ब्यबसायी तथा समाजसेवी रमेश बहादुर छेत्री थिए ।
विशेष अतिथिमा समाजसेवी दीपक थापा, ब्यबसायी तथा समाजसेवी रामजी गिरि, समाजसेवी समाजसेवी ओम बहादुर लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम सस्थाका सचिव यम बहादुर छेत्री (अनिल) तथा सन्तोष छेत्रीले संचालन गरेका थिए ।