इजरायलमा अन्तर्राष्ट्रिय कलाकार मंचद्दारा सामुहिक तिहार साङ्गितिक साँझ २०७४ भब्यताका साथ सम्पन्न (तस्बिर – भिडियो सहित )
कार्तिक ७ गते, २०७४ मा प्रकाशित
युवराज थापा
तेल्भिभ /इजरायल (अर्घाखाँचीड्ट्कम ) । न मर्छ कला मर्छन कलाकार फैलाउने हाम्रो परम्परा अनि सस्कार भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल साखाद्दारा आयोजित नेपालका दिनदुखी तथा पीडित कलाकार हरुको सहयोगार्थमा सामुहिक तिहार साङ्गितिक साझ २०७४ भब्य र सब्य रुपमा सम्पन्न भएको छ ।
ख्याति प्राप्त रास्ट्रीय कलाकार गायिका तथा मोडल ज्योती मगर र पप गायेक नवराज बस्नेतको साथमा इजरायलमा कार्यरत रहनुहुने स्थानीय कलाकार हरुको बेजोड प्रस्तुतिमा कार्यक्रम भब्य रुपमा मनोरञ्जनका साथ सम्पन्न भयेको हो ।
उक्त कार्यक्रममा प्रमुख अथिती नेपाली राजदुतावास इजरायलका महामहिम श्री निरन्जन कुमार थापा र कलाकार मंच इजरायलकि अध्यक्ष तथा कार्यक्रमकि सभापती सीता घिसिङ तथा अन्य बिशिस्ट अथितीहरुको पनि उपस्थिति रहेको थियो ।
यस कार्यक्रममा गायिका ज्योती मगरले आफुले पहिरिने पोशाक र ड्रेसको बारेमा आलोचना भोग्दै आएका समस्याहरुको बारेमा बोल्दै नेपालमा बसेर मेरो आलोचना गर्ने हरु राजनीतिक गर्ने ठुला बडा नेताहरु अझैसम्म देशको नौलो मुहार दिन सकेका छैनन र देश र देशको बिकासलाई परिवर्तन गर्न सकेका छैनन तर हामी गाएक गायिका हामिहरुले पहिरने ड्रेसको आलोचना सदै भरी खेप्दै आएको र अहिलेसम्म आलोचना धेरै खेप्दै आउनेमा गायिका ज्योती मगर नै हो हामीहरु रास्ट्रका गहना हो हामिहरु हामिहरुको कला र गला श्रम बेचेर खाने मान्छे हो जुन कुरा हामिहरुले येस् देश र समाजमा आज परिबर्तन गरेर देखाउन सक्छौं त्यो परिवर्तन मेरो आलोचना गर्नेहरुले कदापि गर्न सक्दैनन् भन्दै कार्यक्रममा उपस्थिति इजरायलवासि दर्माहरुको सामु दुखेसो पोखेकी थिइन ।
आजको २१ सौ सताब्दिमा पनि कलाकारहरुलाइ हेर्ने नजर हामिहरुले लगाउने ड्रेस हरुको आलोचना पुरानै पालाको जस्तै रहेको छ । अब हाम्रो देश नेपाल हाम्रो समाजमा हामिले लगाउने कपडा हरुलाइ कसैले न रोक्न र हाम्रो समाजमा ज्योतीको ड्रेस प्रती आलोचना गर्ने ब्याक्तीहरुले नया सोच नया विचार र नया परम्परालाई अङ्गालि अघाडी बढेमा ज्योती मगरजस्ता रास्ट्रका गहना गायक गायिका हरुले आलोचना भोग्न बाट मुक्त हुनेथियौ कि भनेर दुख पोखेकि थिइन ।
इजरायलको हगनामा हलमा भएको यश कार्यक्रममा गायिका ज्योतिले पहिरेको हाम्रो नेपाली सस्कृती र परम्परालाई झल्काउने पोशाकले उनको आलोचना र ड्रेस प्रती आलोचना गर्ने सर्जक हरुको मुखमा ताला लगाइदिएकी छिन ।