इजरायलमा म्ह: पुजा तथा नेवा: राष्ट्रिय महिला ड्रेस प्रतियोगिता सम्पन्न (तस्बिर -भिडियो सहित )
कार्तिक ८ गते, २०७४ मा प्रकाशित
युवराज थापा
तेल्भिभ/इजरायल (अर्घाखाँचीड्टकम ) । नेवा: समुदायले नेपाल सम्वत् ११३८ को अवसरमा बिगतका बर्षहरुमा झै येस बर्ष पनि इजरायलको तेलअभिव स्थित तखना मार्किजित तेलखिम (एभरेष्ट डिस्को क्ल्ब ) मा स्वन्ती नख :व न्हू दँया भिंतुना म्ह: पुजा कार्यक्रम तथा (नयाँ वर्षको शुभकामना) आदनप्रदान गर्दै नेवा खल इजरायलले म्ह: पुजा कार्यक्रम आयोजना गरेको थियो ।
उक्त म्ह : पुजा कार्यक्रममा नेवा : खल इजरायलका अध्यक्ष आरोह श्रेष्ठ सभापतित्वमा र कार्यक्रमकि प्रमुख अथिती गैर आवसिय इजरायलकि कार्यबाहक अध्यक्ष उमा गुरुङ रहनु भएको थियो भने बिशिस्ट अथितिमा नेपाली राजदुतावास इजरायलका सहचारी कमल कोइराला -विशेष अथितीमा नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष नयन लिम्बू रहनु भयेको थियो ।
कार्यक्रमको उदघाट्न भने सभापती , प्रमुख अतिथि, बिशिस्ट अतिथि हरुको संयुक्तरुपमा नेवा: खल इजरायलको ८ औ बर्ष प्रवेश गरेको खुशिको उपलक्ष्यमा सभापति आरोह श्रेष्ठ ,पुर्व अध्यक्ष नरेश सैजु र सस्थापक महासचिव पुष्प श्रेष्ठ ज्युको हातबाट बार्षिकोत्सवको केक काटेर बिशेश रुपमा मनाइएको थियो ।
उक्त कार्यक्रममा इजरायलमा कार्यरत रहनुहुने स्थानीय नेपाली कलाकारहरुले पनि नृत्य र गितहरु प्रस्तुती गरेका थिए ।
नेवा: खल इजरायलले आयोजना गरेको येस म्ह: पुजा कार्यक्रममा महिला ड्रेस २०१७ प्रतियोगिताका बिजेता प्रतिस्पर्धि हरुलाइ पुरस्कार बितरण गरेको थियो ! २८ जना मात्र प्रतियोगीहरु मध्येबाट सबै भन्दा पेज लाइक र तस्वीर लाइक पाउने ३ जना ,१० हजार भन्दा धेरै पोस्ट लाइक ल्याउने २ जना र सहभागी सम्पुर्ण प्रतियोगीहरुलाइ प्रमाणपत्र र बिजेतालाई पुरस्कार समेत बितरण गरिएको थियो ।
२८ जना प्रतियोगी मध्ये प्रथम पुरस्कार रेखा श्रेष्ठले हात पारेकी थिइन तेस्तै गरि दोस्रो पुरस्कार गोमा श्रेष्ठ ,तेश्रोमा बिन्दिया महार्जन रहनु भएको थियो ! १० हजार भन्दा धेरै पोस्ट लाइक पाउने चन्द्रा उप्रेती अनि मिकिसा माथेमालेले पाउनु भएको थियो ।